काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि झापा जाने भएका छन् । संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रमका लागि अध्यक्ष आज गृह जिल्ला जान लागको हुन् ।
आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने, त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग–अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
अध्यक्ष ओली १२ गते दमकमा आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरेपछि काठमाडौं फर्कने छन् ।