November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

संसद्‌ विघटन विरोधमा आन्दोलन तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

3K

काठमाडौं – आज बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठकले संसद्‌ विघटन विरोधमा आन्दोलन तय गर्ने भएको छ।

आजको बैठकबाट सरकारविरुद्ध आन्दोलनको मिति र कार्यक्रम तय हुनसक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्‌।

​तर, सरकारविरुद्ध आन्दोलन गर्ने या नगर्ने भन्नेबारे पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मत बाझिएको छ। हिजो (बुधबार) बसेको केन्द्रीय समिति बैठकमा दुई नेताबीच चर्काचर्की समेत भएको थियो।

Advertisement

सभापति देउवा संसद्‌ विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाई कुर्ने पक्षमा छन्‌। तर वरिष्ठ नेता पौडेलले सरकारविरुद्ध तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखेका छन्‌।