काठमाडौं– नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ।
प्रतिनिधि सभा विघटनपछि पार्टीको औपचारिक धारणा तय गर्न जारी बैठकले प्रर्दशन गर्ने निर्णय बिहीबार गर्ने भएको हो। राष्ट्रिय एकता र मेलमिलाप दिवसमा विरोध प्रर्दशन गर्ने छलफल बुधबार भएपनि निर्णय भने बिहीबार गरिने भएको छ।
विरोधको मिति र कार्यक्रम औपचारिक रुपमा बिहीबार गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।