November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमाले महासचिव पोखरेलकाे आरोप : कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नरमाथि आक्रमण

2.3K

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नर महाप्रसाद अधिकारीमाथि सत्तापक्षबाट आक्रमण भइरहेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार अनलाइन सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले एम अधिकारीबारे पार्टी र स्वयं गभर्नर अधिकारीले प्रस्ट पारिसक्दा पनि आक्रमण नरोकिनु त्यसकै श्रृंखला भएको टिप्पणी गरेका हुन् ।

‘एम अधिकारीबारे पार्टी र गभर्नर स्वयंले होइन भन्दा पनि जुन तरिकाले उचाल्ने काम भइरहेको छ, यो कालो धनलाई सेतो बनाउने श्रृंखला हो,’ महासचिव पोखरेलले भने, ‘गभर्नरलाई असफल बनाएर वित्तीयरुपमा देशलाई श्रीलंकाको बाटोतर्फ लैजानु हो ।’

एमालेको अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम राखिएपछि ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो भन्दै उनको राजीनामा वा बर्खास्तीको माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले चरणबद्ध सडक आन्दोलन जारी राखेका छन् । त्यस्तै सत्ता पक्षका सांसदहरुले गभर्नरजस्तो व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य रहिरहनु नेपाल राष्ट्र बैंक ऐनविपरीत हुने भन्दै संसद्‌मा आवाज उठाइरहेका छन् ।

Advertisement