November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित तीनविरुद्ध रिट

2.7K

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नगरेको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन माग गर्दै अदालतमा रिट दायर भएको छ ।

युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौँडामा प्रतिष्ठानका उपकुलपति डा. जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडालले बदमासी गरेको पाइएको भन्दै निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश माग गर्दै अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा ७६ वर्षका उपकुलपतिले कुलपति, सहकुलपतिको निर्देशन नमानेको, शिक्षाध्यक्षले लगेका प्रस्तावहरु सुनुवाई नगरेको, डिन नियुक्त गर्नु पर्नेमा नियमावली बनाएर अन्य कुनै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नभएको संयोजक पद खडा गरी स्वास्थ्य विज्ञान नपढेको व्यक्ति नियुक्त गरेको, २ करोड ६० लाख रुपैयाँ बेरुजु देखिएको, ६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै अख्तियारमा उजुरी पर्दासमेत प्रतिष्ठानको हितमा काम गर्न नखोजेको आरोप लगाइएको छ ।

Advertisement