November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

४५७ कोरोना संक्रमित थपिए, एकजनाको मृत्यु

2.7K

काठमाडौं : कोरोना संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ३ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८६ र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको हो। यो संगै सक्रिय संक्रमितको संख्या १७ सय ७६ पुगेको मन्त्रालयले उल्लेख गरेको छ। 

Advertisement

यो अवधिमा ४८ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।