November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्यमन्त्रीद्वारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण

2.3K

पोखरा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन् ।

अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिंदै मन्त्री खापुङले निरीक्षणका क्रममा अस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।

अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराए ।

Advertisement