April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

सुतिरहेकी युवतीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

2.1K

बझाङ । १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदारस्युा गाउापालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी रहेका छन् ।

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी युवतीलाई गुर्धामीले बलात्कार गरेका प्रहरीले जनाएको छ । गुर्धामीले राति १ बजेतिर युवती सुतेको कोठामा प्रवेश गरेर बलात्कार गरेको र युवतीले यो कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरीले जनाएको हो ।

घटनापछि फरार रहेका गुर्धामीलाई लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिए ।

Advertisement