April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जनताको समस्या नदेख्ने र समस्या नबुझ्ने सरकारप्रति जनताको समर्थन पनि नहुने – अध्यक्ष पराजुली

2.1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा मन्त्रीहरुको पुत्ला जलाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मंगलबार साँझ काठमाण्डौको शंकरदेव क्याम्पसअगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्ला जलाएका हुन् ।

पुत्ला दहनको क्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य ठेलाठेल समेत भएको छ । प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’,‘.. तेरो पाराले दु ख पायो साराले’ जस्ता नारा लगाएका थिए ।

कार्यक्रममा जनताको समस्या नदेख्ने ,जनताको समस्या नबुझ्ने सरकारप्रति जनताको समर्थन पनि नहुने अनेरास्ववियूका अध्यक्ष पराजुलीले बताएका थिए ।

Advertisement