November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे

2.3K

काठमाडौं–नेपाली कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको छ। संसद विघटनका विषयमा पार्टीको धारणा तय गर्न कांग्रेसले आज बैठक बोलाएको हो।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकले सरकारविरुद्धको कदमलाई कसरी अगाडि बढाउने भन्ने तय गर्ने छ।

कांग्रेससहितका तीन दलको सोमबार बसेको बैठकले संसद् विघटन गर्ने कदम संविधानमाथिकै आक्रमण भएको ठहर गरेका थिए। 

Advertisement