April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फिफा विश्वकप-२०२२ का लागि छनोट भएका ३२ देशको झण्डा आज फहराइयो

3.1K

दोहा । कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएका ३२ देशको झण्डा आज फहराइएको छ ।

प्लेअफबाट छनोट भएका वेल्स, अष्ट्रेलिया र कोस्टारिका गरी तीन राष्ट्रको झण्डा थपेर फिफा विश्वकप कतार २०२२ का लागि छनोट भएका देशको झण्डा फहराइको हो ।

डिलिवरी र लिगेसीको लागि सर्वोच्च समितिले विश्वकपका लागि छनोट भएका ३२ देशको झन्डा दोहा कर्निचेमा एक कार्यक्रमको आयोजना गरि फहराइको हो ।

Advertisement

सुप्रीम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हसन अल थावादी, फिफा विश्वकप कतार २०२२ एलएलसीका सीईओ नासेर अल खाटर, कतार फुटबल संघका महासचिव मन्सुर अल अन्सारी, टूर्नामेंटका प्रमुखको उपस्थितिमा झन्डा फहराईएको हो ।

​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।

नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।