April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी गरेका छैनौं : नेपाली सेना

3.1K

काठमाडौँ । नेपाली सेनाले अमेरिका सेना वा सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको जनाएको छ । सेनाले बुधबार साँझ विज्ञप्ति प्रकाशित गर्दै एसपीपी सम्झौता गर्नेतर्फ कुनै प्रक्रियामा समेत नभएको प्रस्ट पारेको छ ।

यसअघि नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुई पटक निवेदन दिएपछि सन् २०१९ मा अमेरिकाले त्यसलाई स्वीकार गरेको जनाएको थियो ।

Advertisement