–उदय पुर्वेली चोङ्वाङ्क्याक
हरेक सर्जकहरूका सिर्जनशीलता र सिद्धान्त धेरै लामो समयसम्म रहन्छ । यस आधारमा मार्क्सवाद प्रणालीलाई पछाडि फर्केर हेर्दा झन् अपुष्ट भएको छ । केवल शक्ति संरचनाको भोकले यो घातक तवरले घाइँते र अत्यधिक असफल भएको पाइन्छ । सबैभन्दा रोचक मार्क्सवादको पुनरुत्थान भएको सोभियत सङ्घको इतिहास साक्षी छ । समाजवादी विचारधाराको सबैभन्दा ठूलो ज्ञाता सोभियत रुसलाई मानिन्थ्यो । तर त्यहाँ जे भएको थियोे, धार्मिक विशेषताको अधिकार नियमबध्दीकरण हो । साँचो अर्थमा मार्क्सको सन्देश, बोल्सेभिक विचारधारा र अभ्यास भनेको कम्तीमा मध्ययुगीन विनयशील ग्यालिलियनहरूको विचारधारा,युद्धका सरदारहरूको अभ्यास र चर्चका राजकुमारहरूको धार्मिक पद्धतिजस्तो थियो ।
तर अमेरिकाको मार्क्सवादी घटनाक्रम बुझ्न अलि सहज छ । बीसको अन्तिम दशकसम्ममा पनि त्यहाँ भएको श्रमिक आन्दोलन र बौद्धिकहरूको चिन्तनमा मार्क्सवादको कुनै अवयब र महत्त्व रहेको छैन । जहाँ–जहाँ मार्क्सवादको थियो, ती सतही,तुच्छ र बिनाअडानका ठहरिए ।
सन् १८७०–१८७१ ताका अन्य देशहरूमा भन्दा विशेषगरी जर्मनमा मार्क्सवाद सबैभन्दा बलियो थियो । समाजवादी युद्धको लहर पश्चात् अर्थोडक्सका एउटा सानो समूह मात्रै बचेका थिए । यद्यपि यो नै समाजवादी क्रान्तिका लागि प्रारम्भिक अवसानको चरणमा प्रवेश गरेको थियो । किनभने, त्यसपछि समाजवादी विचारधारा समूह मात्र नभएर लोकतान्त्रिक पक्षधरहरूले समेत परम्परावादी प्रयोगको अनुसरण गर्न थालिसकेका थिए ।
मार्क्स द प्रोफेट
अध्याय १ अनुसार; यस शीर्षक अनुरुप समावेश गर्नका लागि विश्वका कुनै धर्मको अनुमति पत्र छैन । किनकि, जहाँ सोचेभन्दा बढी समानता छ । एउटा महत्त्वपूर्ण चेतनामा मार्क्सवाद भनेको धर्म हो । सर्वप्रथम यो विश्वासीलाई बाँडिन्छ । यसपछि देहयुक्त बनाएर त्यसको आधारमा घटना र कार्यहरूको परीक्षण हुनेगर्छ । यी प्रक्रिया सकिएपछि कार्यान्वयनका लागि सैतान र मानव पहिचान गरी मानव ठह¥याइएकालाई मुक्ति र दुष्टलाई तड्पाउने वा सजाय दिइन्छ । मार्क्सवादी समाजवादले पनि वर्गीय चेतनालाई देह मान्छ र त्यसपछि विद्रोहलाई परीक्षा र यसबाट मृत्युु भएकाहरूलाई महान व्यक्ति वा उनीहरूको चिहानलाई पृथ्वीको स्वर्ग सरह ठान्दछ । आफू इतरका वर्गलाई सैतान वा दुष्ट देख्नेगर्छ ।
नेपालकै हकमा कम्युनिस्ट पार्टीमा प्रवेश गराउँदा गोप्य तवरले हातको औँलाको टुप्पोमा नङ र मासुको बीचनेर सियोले घोपेर सपथ वा कसम खुवाइन्छ भन्ने मैले यदाकदा सुनेको थिएँ । यसले पनि के पुष्टि हुन्छ भने, कम्युनिस्ट विचारधारा कुनै पनि धार्मिक र अध्यात्मिक अभ्यासभन्दा खासै फरक देखिँदैन । माथि उल्लेखित सुत्रहरूद्वारा केही हदसम्म मार्क्सवाद सफल भएको पनि पाइन्छ । विशुद्ध वैज्ञानिक उपलब्धिहरू मार्क्सवादभन्दा पूर्ण र सक्षम भएको पाइन्छ । मार्क्सवादको हकमा इतिहासहरूको विश्लेषणका आधारमा कालजयी वा अमरत्व हासिल गर्न सकेन । यसको नाराहरूका हतियारले पनि काम गरेन । यसका उपलब्धिहरू न्यूनतम र अल्पकालीन अंश मात्र हुन् । वास्तवमा युद्धग्रस्त चरणमा भावनात्मक आरोपले उक्त समूहलाई क्रोधतर्फ इशारा गरेको थियोे । कार्ल मार्क्स पदावलीका खुराक बाँड्न अति नै माहिर पनि थिए । उनका जेजति उपलब्धि र त्यसका प्रकृतिलाई चित्रण गर्दा उनको समयमा सर्वहारा सभ्यता उत्कर्षमा थियो र उनी त्यसलाई यान्त्रिक भौतिकवादको समयलाई बुझ्नसक्ने पादरी थिए । तर सर्वाहारा वर्गको उत्थानका निम्ति अघि सारिएको समाजवादले जीवनका अन्य रङ्गहरू पन्छाएर अस्वस्थ घृणा वा अन्य सभ्यताको अपमान हुन्छ भन्ने बारेमा उनको ध्यान नपुगेको देखिन्छ । उनको बुझाइमा मानव समाजमा एकभन्दा बढी चेतनाहरू रहेका हुन्छन्,जसमध्ये सर्वहारा वर्गको न्यायका निम्ति समाजवादी विचारधारा र सङ्कल्पलाई एकसाथ जोडेर वैज्ञानिक समाजवादको सिद्धान्तमा प्रवेश गरिन्छ भन्ने थियो ।
मार्क्स द सोसियोलोजिस्ट
अध्याय २ मा भनिएको छ–
हामीले अब यहाँ एउटा काम गर्नुपर्ने हुन्छ, जुनचाहिँ वस्तुनिष्ठ र विश्वासयोग्य छ । प्रवृत्तिका दृष्टिकोणले सत्य प्रवाह हुने अवस्थामा कुनै ठण्डा विश्लेषण गरेको खण्डमा उनीहरू अत्यन्तै क्रुद्ध हुन्छन् । अझ सबैभन्दा बढी त्यतिबेला रुष्ट हुन्छन् , जतिबेला मार्क्सको कार्यलाई टुक्राटुक्रामा बिभाजन गरेर एक–एक गरी बहस गरिन्छ । उनीहरूले सर्वहाराको कमजोरीमा टेकेर समग्रमा चमत्कारिक उपलब्धि भएको देखाउन उद्धत हुन्छन् , जसका कारणले सम्पूर्ण असफलताहरू छल्न सकियोस् ।
अब यहाँ मार्क्सलाई पादरीय संरचनाबाट अलग गरी समाजवादी कित्तामा उभ्याइएको छ । अहिलेसम्म पनि मार्क्सवादी विचारधारामा समानताको लागि उपस्थिति जनाइरहेको अवस्था छ । तर धेरैजसो मोहित तुल्याउने प्रक्रियामा विश्वास गुमेको छ भने उत्तेजक सत्य र महत्त्वपूर्ण पक्षको बचाउका कारण केही प्राप्ति पनि भएको छ । जुनचाहिँ निराशाजनक भग्नावशेषलाई उठाउने कोसिसभन्दा आफैँमा धेरै नै बहुमूल्य हुनसक्छ ।
सर्वप्रथम मार्क्सको दर्शन जर्मनमा लागू भयो । मार्क्सभन्दा पनि जर्मनीहरू तालिम प्राप्त र दूरदर्शी चिन्तनका थिए । उनमा पनि आफ्नो दर्शनलाई स्थापित गर्ने गहन रुचि जागेको थियो । जर्मनी युवाहरूको साथ पाएर विशुद्ध जर्मनी स्वादको दर्शन उनको पहिलो सुरुवाती प्रयोग थियोे । यसलाई उनले आफ्नो दर्शन सत्य साबित भएको ठाने । उनको शैली नियो–हेगेलियन प्रवृत्तिको थियो । किनभने, उनको पनि आफ्नो विरोधी र तिनका समूहलाई कत्लेआम गर्ने वा घेराबन्दीमा पार्ने प्रवृत्ति थियोे । म्बक प्बउष्तब िको दोस्रो संस्करणको फर्स्ट भोल्युमको प्रस्तावनामा पनि उनमा गढिएको हेगेलियन प्रभाव उजागर भएको पाइन्छ ।
धेरैजसो दार्शनिकहरूले समाज विज्ञानका वस्तुपरक सत्य र आर्थिक अनुभवको बारेमा आफ्नो मत प्रस्तुत गरेका पाइन्छन् । तर त्यहाँबाट बाटो बिराएर मित्र र दुश्मनको जस्तो गलत ठाउँमा पुग्दछन् । मार्क्सले पनि समकालीन इतिहासमा प्रारम्भिक समाजवादी अस्त्रको निर्भरतालाई व्यापकरुपमा बिस्तार गरेको सत्य हो । उनी स्वयम किताबी किरा थिए । त्यसकारण, अखबारबाट पदार्थ अलग भएजस्तै पदार्थहरूमा निर्भर उनका विचारहरूका म्याद गुज्रिदै गए । उनका हरेक सिद्धान्त र विचारहरूलाई हरेक घटनाक्रमले पछि घकेल्दै समाज फरक ढङ्गले अघि बढिरह्यो । यहाँसम्म आइपुग्दा परिस्थिति झनै धेरै बदलिएको छ । यद्यपि उनले एकल विशिष्ट लेखन संस्कारको छाप भने छोडेर गएका थिए । उनले थुप्रै अर्थशास्त्रीय सन्देश,सामाजिक दृष्टिकोण र ऐतिहासिक ओसिलो तस्बीर निर्माणका लागि पु¥याएका योगदानलाई पनि हामीले नकार्न सकिन्न । उनका विचार र सिद्धान्त सही या गलत जेजस्तो भएपनि उनी समकालीन परिस्थिति र परिवेशका धुरन्धर विचारक तथा दार्शनिक थिए भन्नेमा कुनै द्विविधा नै छैन ।
कम्युनिस्ट मेनिफेस्टो, १८४८ मा गैरआर्थिक उद्देश्यहरूको विपरीतमा संयन्त्र र भूमिकाको व्याखा गरेर जो समाजमा देखापरेका यथार्थ दृश्यहरूको विश्लेषण द्वारा उजागर भएको मानसिकता वा सामाजिक मनोविज्ञान नै आधाभूत तत्वको सिद्धान्त हो भन्ने अत्यन्तै सान्दर्भिक विचार अघि सारेको थियो ।
मार्क्सले धर्म, अध्यात्म, कला, संस्कृति, राजनीतिक इच्छाशक्ति, तर्क विद्या आदिलाई वास्तै नगरीकन केवल आर्थिक अवस्थाहरूको पर्दा खोल्ने कोसिस मात्र गरे, जसले उनको विचारलाई आकार दिनुका साथै उत्थान र पतनको खाता खोलिदियो । मेरो व्यक्तिगत बुझाइमा वास्तवमा समाज निर्माणको विविध आयामहरूको सुक्ष्म अध्ययन र विश्लेषण गर्न नसक्नु वा त्यसतर्फ ध्यान नपु¥याउनु नै मार्क्सको सबैभन्दा ठूलो कमजोरी थिएछ भन्ने लाग्दछ ।
मार्क्सको सिद्धान्त मार्क्सवादमा मात्रै काम गर्छ । समाजमा रहेका अन्य थुप्रै वर्गमध्ये विशेषगरी सर्वहारा वर्गको अस्तित्व र अधिनायकत्वको सवालमा मात्रै वकालत गर्दछ । अरुप्रति घृणा र आक्रोश पोख्दछ । त्यसो त यसले समाजलाई प्रसारण गर्ने सामाजिक इन्जिनको बेल्टको भूमिका पनि निर्वाह गरेको छ । विशेषगरी मार्क्सवादले पदार्थलाई जोड दिँदै, स्वयम् कार्ल मार्क्सले नै भौतिकवादी विधारधारा अघि सारेका थिए । जसले उनको अत्यधिक लोकप्रियता र केही अलोकप्रियता दुवैलाई प्रोत्साहन गरेको थियो । तर यसको खासै थिएन । किनभने, मार्क्सको भौतिकवाद हेगेलको भन्दा उन्नत थिएन ।
मानवीय आवश्यकता, क्रियाकलाप,स्वभाव र सभ्यताहरूका सामाजिक संरचनाका आधारभूत अडानमा समाजको स्वरुप वा अवस्था निर्धारण हुनेगर्दछ । मार्क्सको चर्चित एउटा भनाइ “Hand–mill creates feudal, and the steam–mill, capitalist societies” द्वारा उनको चिन्तन चित्रण गर्न सकिन्छ । यसको मतलब के हुन्छ भने, प्रविधिको विकास र उच्चतम प्रयोगले सर्वहारा वर्गको लागि खतरा निम्त्याउँछ भन्ने बुझिन्छ । मेरो बुझाइमा उनको यो सैद्धान्तिक भय क्रमिक तवरले झन्झन् विकसित हुँदैजान्छ, भइरहेको पनि छ । वास्तवमा हामी उत्पादनशील प्रक्रिया सुरुवात गर्नुपूर्व मानसिक रुपमा त्यसको स्वरुप उतारेर काम थाल्छौँ । त्यहाँबाट प्राप्त उत्पादनको परिणाम तय गर्छ । समाज विस्तारको नेतृत्व हामी प्रत्येकबाट भइरहेको हुन्छ । यो ब्रह्माण्डमै कुनै पनि वस्तु वा प्राणीको गति र स्वरुप एकैनासको हुँदैन । झन् मानव जाति स्वभाव भनेको प्रतिस्पर्धात्मक मनोविज्ञानमा आधारित हुन्छ । हरेकका आआफ्नै कला, प्रतिभा, क्षमता, इच्छा ,आकाङ्क्षा र आनीबानी हुन्छ । जसलाई क्षणिकका लागि दमन गरेपनि दीर्घकालीन रुपमा कदापि सम्भव हुँदैन । जबर्जस्ती गर्न खोजेमा भयानक द्वन्दको जन्म नै यहीँनेर हुन्छ । यसैबिचमा मार्क्सवादी विधारधाराका एक जर्मनी राजनीतिज्ञ इड्वार्ड बर्स्टिटनको चर्चित भनाइ थियो “Men have heads” अथवा “मान्छेहरूका टाउकाहरू हुन्छन् ।” यहाँ म अलि अन्योलमा पनि पर्ने गर्छु । म्यान र वोमन को सेन्समा स्पष्ट छैन । त्यसकारण म व्यक्तिगत तवरले यसलाई “म्यान” नभएर “ह्युमन” को अर्थमा बुझ्ने कोसिस गरेको छु । उनका अनुसार, उनीहरूले चाहेको कार्य गर्न सक्दछन् । तर कुनै पनि व्यक्तिको कामको बारेम सिधै शक्ति प्रयोग गर्ने वातावरणको आदेशमूलक डाटा हुँदैन । बरु त्यो उनीहरूले लिएको अडान, दृष्टिकोण र रुचिहरूबाट निर्धारित उद्देश्यद्वारा आफैँले निर्धारण गर्दछन् । इतिहासको सन्निकट भएर सुविधाजनक आर्थिक व्याख्या गर्नुभन्दा अन्य कस्ताकस्ता माध्यम अपनाउँदा सन्तोषजनक तवरले परिणाम हासिल गर्न सकिन्छ भन्ने सम्भावनाहरूको खोजी गर्नु श्रेयस्कर हुन्छ । निश्चयै पनि थालनीमा क्षमता र योग्यता झल्किन्छ । सामाजिक संरचना,आकृति र स्वभावहरूले स्वरुप लिईसकेपछि त्यो आफैँ बदलिन तयार हुँदैन । यो भनेको कमसेकम शताब्दीभन्दा बढी समय खर्चेर निर्माण भएको हुन्छ । त्यसैबिचबाट नयाँ विचार र प्रगतिशील समूहहरू उत्पन्न हुने गरेको छ । यसले निश्चित राष्ट्रियता,स्वभाव र विचार समूहबाट अलग गराउँछ । प्रगतिशील र सिर्जनशील विचार समूहहरूले पुरातनवादी सोच र दमनबाट छुटकारा पाउने मुख्य ध्येय लिएका हुन्छन् । एघारौँ शताब्दी ताका यस्ता फरक विचारका धारहरू युद्धको हारका कारण सिसिलीबाट सम्पूर्ण तवरले सदियौँदेखि अँगाल्दै आएका आफ्ना धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताहरू सहित भौतिकरुपमै बदलिएर नर्मन भएको पनि पाइन्छ । तर मार्क्सवादले यस्तो सत्यतथ्यलाई वेवास्ता गरेका छन् । फ्रैन्क्समा पनि मध्यकालीन युगमा छैटौँ र सातौँ शताब्दीसम्म सामन्ती जमिन्दारी प्रथा चलेको थियो । निश्चितरूपमा त्यस किसिमको सामाजिक संरचना निर्माण हुन धेरै लामो समय लागेको थियो । त्यहाँ उत्पादन,चाहना,स्वामित्व र आधुनिकीकरणको युगको आरम्भ भयो । यसले जमिनदारी प्रथाबाट सैन्य शासन तर्फ उन्मुख गरायो । त्योबेला आफ्नो समूह र फरकफरक झुन्डहरू द्वारा नै सैन्य संरचनाको ढाँचा निर्माण भएको थियो । जसका कारण कालान्तरमा यिनै विभिन्न विचार समूहका सेनाहरू भिन्नभिन्न राष्ट्रमा परिणत भएका थिए । मार्क्सवादमा यो सिद्धान्त मेल खाँदैन । बरु कथित द्वन्द्वात्मक भौतिकवादको रटान लिएर प्राकृतिक प्रक्रियाबाट सिर्जित आदिम अल्पसङ्ख्यक मानव पुर्खाहरूको साम्यवादी युगको वकालत गरेको पाइन्छ । प्रायःजसो सिद्धान्तको पलायन हुनुमा यस्तै अनुमानित विचार र कार्यशैलीहरूले सहायक भूमिका खेल्ने गर्दछ । तर वास्तवमा त्यो मानव सभ्यता विकासको प्रारम्भिक चरणका साथै त्यसका विभिन्न पक्ष र कारणहरूको विश्लेषणमा मार्क्सवाद मौन रहेको छ ।
खासमा भन्नुपर्दा, “मार्क्सवादी सामाजिक वर्गीय सिद्धान्त” अपाङ्ग अर्थशास्त्रीय इतिहासको कथाजस्तो हो । अर्थशास्त्रीहरू अनौठो पाराले सुस्त गतिमा यस्ता वर्गीय घटनाक्रममा सहभागी हुँदैगए । यसका लागि आफू अनुकूलको एजेन्टहरूसँग अन्तरक्रिया गरी सामाजिक वर्गीकरणको प्रक्रियाहरू अघि बढाइन्थ्यो । सामान्यतया यी वर्गहरूको व्यक्तिगत आचारणहरू मिलेको आधारमा श्रमिक र मालिक वर्गमा विभाजन गरियो । वास्तवमा त्यो वर्षौदेखिको अनेकन उतारचढावबाट निर्माण भएका विभिन्न परिवारका अनाकार समायोजन थियो । यो कसैले वर्गीकरण गरेको वा जानीजानी बनाइएको संरचना थिएन । यसले वर्ग विभाजनका लागि आर्थिक सिद्धान्तको बारेमा प्रत्यक्षरुपमा कतिको गहन अध्ययन र विश्लेषण गरिएको थियोे भन्ने स्पष्ट हुन्छ । तर एङगेल्सले आफ्नो जीवनको उत्तरार्धमा यसलाई स्वतन्त्ररुपमा स्वीकार गरेका थिए । प्लेखानोभ यस दिशामा झन् अगाडि थिए ।
भन्नैपर्दा, समाजको वर्गीय संरचनाको प्रसिद्ध भनाइलाई “कम्युनिस्ट मेनिफेस्टो” मा समावेश गरी त्यसलाई समुदायको वर्ग सङ्घर्षको इतिहास बनाइएको छ ।
यस चिन्तनलाई मान्ने हो भने, फरक व्याख्याहरूले अलग परिभाषाका भिन्न विचार र दृष्टिकोणमा आधारित वर्गहरू उत्पादन गर्छ । अनि स्वयम् त्यसले वर्गको कार्य कसरी अभिव्यक्त गर्नसक्छ ? यो विचारलाई मान्ने हो भने, हाम्रै परिवारभित्र थुप्रै वर्ग फेला पर्नसक्छ । एउटै व्यक्तिको जीवनमा थुप्रै वर्गीय चरणहरू देखापर्दछन् । त्यो अनुभूति म स्वयम् गर्नसक्छु । झन् अहिलेको भूमण्डलीकृत विश्वमा भनेको मान्छेको सेल बाहेक हरेक स्थितिमा छोटोे समयको अन्तरालमै कायापलट भएको पनि देख्न,हेर्न र सुन्न पाइन्छ ।
खासमा मार्क्सले कदापि जान्न पाएका थिएनन्, जति अहिले हामी जान्दछौँ, उनले जे गरे, त्यसबेला सतहमा देखापरेका प्रधान घटनाक्रमहरूका आधारमा विधिपूर्वक आफ्नो विचार निर्माण गरे । उनले यसलाई फरक ढङ्गले प्रयोग गर्न सम्भव थियोे, तर जतिबेला धेरै ढिला भइसकेको थियोे । किनभने; उनको विचार यति द्रुतगतिमा दौडियो कि, फलस्वरूप उनी काल्पनिक साम्यवादको यात्रामा मिथ्या सयर गरिरहेका थिए । जसलाई उनका अनुयायीद्वारा जतिसक्दो चाँडो फैलाउने कोसिस गरे । वर्ग सङ्घर्षको उनको अपूर्ण सिद्धान्तको प्रयोग उनका अनुयायी र उनी आफैँले व्यावहारिक प्रयोगको विशिष्ट उदाहरणको रुपमा ‘हिस्टोरी अफ द क्लास स्ट्रगल फ्रान्स’ लाई लिन सकिन्छ । यसबाहेक अरु खासै उपलब्धि प्राप्त हुनसकेन । एङगेल्सले मार्क्सवादी सिद्धान्तभन्दा फरक श्रमिकहरूको वर्गका प्रकारहरू प्रतिपादन गरेका थिए । उनीहरू मध्येका केही विद्वानहरूले दास क्यापिटल र कम्युनिस्ट मेनिफेस्टोमा यी घटनाक्रमलाई अत्यन्तै आकर्षक ढाँचामा लेखनमा उतार्ने काम गरेका थिए ।
जे भएतापनि आधारभूत सिद्धान्त अत्यन्तै स्पष्ट छ । सिद्धान्तको स्तरीकरण स्वामित्व वा स्वामित्व बिहिनतामा अन्तरनिहित हुन्छ । उत्पादनको अर्थ कलकारखाना,यन्त्र,कच्चा पदार्थ र उपभोग्य सामाग्रीहरूमा श्रमिकको बजेट समावेश भएको हुन्छ ।
आधारभूत तवरले केवल दुईवटा वर्ग मात्रै रहेका हुन्छन् । माथिका उल्लेखित वस्तुका मालिक जो छन्, उनीहरू पुँजीवादी वर्ग हुन । जोसँग छैन,उनीहरू सर्वहारा वर्ग हुन, जसले उनीहरूको श्रम बेच्छन् । किसान र सीपमूलक सीपमूलक पेसाकर्मीहरू मध्यमवर्गीय हुन् । तर उनीहरू कर्मचारीसँग नजिक हुन्छन् । उनीहरू पनि पुँजीवादतर्फ उन्मुख हुन्छन् । यी वर्गबिच अन्तरद्वन्द्व उत्पन्न हुन्छ भनेपनि व्यक्तिगत स्वतन्त्रता र इच्छाशक्तिको अवस्थाबारे मार्क्सवाद मौन रहेको छ । प्रायःजसो इतिहासमा यी वर्ग र घटकहरू बिचको द्वन्द्वको घर्षणद्वारा एउटा महत्त्वपूर्ण निर्णायक शक्ति जन्मिएका नजिरहरू पाइन्छन् । पछिल्लो समयको विश्लेषणमा यस्ता प्रक्रियाहरू दुर्घटनामा परिणत भएका छन् । पुँजीवादी एकाधिकार र सर्वहारा वर्गको थुप्रै असमान आचारणहरू बिचमा नै वर्ग सङ्घर्ष भएको पाइन्छ ।
मार्क्सले पुँजीवादीहरूलाई बालकथाको संज्ञा दिएर अपमानजनक तवरले बहिष्कार गर्थे । उक्त बालकथामा उनले आफ्ना अनुयायीहरूलाई मजाक उडाउने सल्लाह दिएका थिए । यसमा कुनै द्विविधा रहँदैन कि, असहज सत्यलाई विस्थापित गर्ने सबैभन्दा भरपर्दो अस्त्र भनेकै अट्टहाँस हो, साथै यो विधि धेरै राजनीतिज्ञहरूलाई राम्रोसँग थाहा हुन्छ । अहिले नेपालकै परिप्रेक्षमा पनि आफूलाई कम्युनिस्ट भनेर दाबी गर्ने ओली लगायतकाले यसै अस्त्रको सहारा लिईरहेका छन् । यस्तो मनोविज्ञानमा कुनै पनि ऐतिहासिक दस्तावेज र समसामयिक तथ्यहरूलाई गहनरुपले नियाल्ने विवेक कसैको हुँदैन वा त्यसो गर्न चाहँदैनन् ।
यथार्थमा औद्यौगिक सफलताको अपार बौद्धिकता र उर्जाको खाता भनेको दसमध्ये नौवटा उद्योगधन्दा स्थापनाका अवस्थाहरू नै हुन् । यसको लागि बचत अनिवार्य हुन्छ । एक कम्पनी श्रमिकले आफ्नो ज्याला बचाएर अर्को कम्पनी खडा गर्नसक्छ । यहाँ अर्को कम्पनीसँगको बचत पनि सँगसँगै जोडिएको हुन्छ । तर यसको वर्ग बिभाजन वा विश्लेषण भएको छैन । सञ्चित रकमको राशि मुनाफाबाट तय हुन्छ,त्यसपछि स्वरुप बदलिएर बचतबाट सञ्चितीमा परिणत हुन्छ । यसको मतलब सुरुवातमा उद्योग सञ्चालन गर्न एकअर्काको बचत आदानप्रदान हुन जरुर हुन्छ । यसको लागि डिपोजिट गर्नुपर्ने हुन्छ,जसले आर्थिक जोखिमपूर्ण बैँकको सञ्चालनकर्ता जन्माउँछ । यसरी जिउनका लागि आधाभूत आवश्यकता पूर्ति भइसकेपछि उसले विभिन्न सहकारी तथा लगानीकर्ता संघसंस्थाहरूसँग सहकार्य गरेर आफू सुरक्षित हुने प्रयास गर्दछ भन्ने मार्क्सको सिद्धान्त यथार्थ पनि हो । यसो हुँदाहुँदै पनि उसले अतिरञ्जित तवरले बचतलाई अस्वीकार गर्छ । तर उनको अडकलले मात्रै यसको परिभाषालाई पूर्णता दिलाउन सक्तैन । तर उनको अतिरञ्जनाले त्योबेला काम गरेको थियोे,जब उनले आदिम सञ्चयको वैकल्पिक सिद्धान्त अघि सारे । विभिन्न कमजोरीकाबिच कम्तीमा सतही तवरकै भएपनि मार्क्सवाद विशाल सिद्धान्तहरूका इतिहास बनिसकेको छ ।
वस्तुगतरुपमा बुर्जुवा दृष्टिमा सामन्तवाद भनेको शासन गर्ने शक्ति हो, जहाँ दमन र शोषण भएका थुप्रै तथ्यहरू सिद्ध भइसकेको कुरामा मार्क्स पनि सहमत थिए । मुख्यतः पुँजीवादी समुदायहरू आफ्नो पूर्वज सामन्तवाद तर्फ लम्कन्छन् , खासगरी यसै अवस्थामा वर्गको जन्म हुन्छ । मार्क्सले प्रतिपादन गरेका “Economic theory of capitalism” अवधारणामा सामन्तवाद हटिसकेपछि पनि झन् जटिल समस्याहरू देखापर्न थाले । सामन्तवादी शोषकहरूलाई पुँजीवादी शोषकहरूले सजिलोसँग विस्थापित गरे । इतिहासको तथ्यलाई सापटी लिनुपर्दा, यी अवस्थामा सामन्तीहरू उद्योगपतिमा परिणत भए । यसको मतलब हो, पुँजीवादी र सामन्तीहरूको समस्याको समाधान उद्योगधन्दा वा कलकारखाना एक्लैले गरिदियो । तर जर्मनीको हकमा ती उद्योगधन्दा वा कलकारखानालाई आवश्यकपर्ने कच्चापदार्थहरू उपलब्ध हुनबाट रोकिएको थियोे । तर मार्क्सवादको सिद्धान्तले यसलाई पुष्टि गर्न सकेन र टिकेन पनि । यद्यपि यो मार्क्सवादी सिद्धान्तको ऐतिहासिक स्रोत भने कहललियो ।
वास्तवमा आदिम सञ्चय नै भावी सञ्चयको अकाउन्ट हो । जुनचाहिँ पुँजीवादी युगमा व्यापक थियो । त्यसबेला व्यापारिक सुविधा र उपलब्धिले व्यापकता पाइसकेको नभएपनि व्यापारले सामाजिक ख्याति पाउनुका साथै त्यसको प्रवेशद्वार खुलिसकेको थियोे । खासगरी उत्पादनको स्वामित्वले समाजमा समूह निर्माण गर्छ । त्यो भनेको मान्छेलाई सेना भनेजस्तो हो, जोसँग बन्दुक हुन्छ । मानौँ, कुनै एउटा समाजमा निर्विवाद पुँजीवाद र सर्वहारा वर्ग रहेछन् । तर तिनीहरूका सन्तान सधैँभरि पुँजीवादी र सर्वहारा रहँदैनन् । पुँजीवादीको सन्तान सर्वहारा र सर्वहाराको सन्तान पुँजीवादी पनि हुनसक्छन् । किनभने; दुनियाँका कुनै पनि व्यक्तिको योग्यता र क्षमता फरकफरक किसिमको हुन्छ । तर मार्क्सवादी विचारधाराले यो सत्यतालाई वेवास्ता गरेको देखिन्छ । मार्क्सवादले समाजमा दुईवटा वर्गको परिभाषाले स्पष्ट द्वन्द्वको रेखा कोरिदियो । त्यसबाट उत्पन्न मनोदशाको अवस्थामा द्वन्द्ववाद र उपासनावाद हावी भयो र नगण्यरुपमा स्वीकार पनि भएको थियोे । पहिलो कुरा प्राचीन अवस्थाको वर्गबिहीन समूह भनेको प्राकृतिक स्रोतसाधन पर्याप्तता र चेतनाको अपर्याप्तताको आधारमा सम्भव भएको हो । प्राकृतिक स्रोतसाधन, द्रुतगतिमा चेतनास्तरको वृद्धि, विज्ञान तथा प्रविधिको चरम विकास र प्रतिस्पर्धाको अहिलेको विश्वमा वर्ग सङ्घर्षले समाजलाई गतिशील तुल्याउनको साटो अन्त्यहीन द्वन्द्वमा मात्र जाकिदिन्छ ।
अध्याय ३ः
मार्क्स हरेक विषयवस्तुमा गहिराइसम्म पुग्ने कोसिस गर्थे भन्नेमा दुईमत छैन । उनले अघि सारेका अतिरिक्त मूल्यका सिद्धान्तहरू (Theories of surplus value) ले सैद्धान्तिक उत्साहको एउटा स्मारक खडा गरिदिएको थियो । वास्तवमा यस सिद्धान्तका विद्यार्थी र गुरु पनि उनी स्वयम् नै थिए । गुरुको रुपमा अघि बढ्ने क्रममा एक्स्ट्रा साईन्टिफिक लक्ष्यमा चुकेका कारण उनले क्षति पनि बेहोर्नुपरेको थियो । निश्चितरूपमा उनले समस्याको बिचमा काम गरे, जुन समस्याको कारण पनि उनी आफैँ थिए । कुनै पनि काम गर्नुपूर्व उनी विश्लेषण र तार्किक हतियारमा धार लगाउँने गर्थे । त्यसमा कैयौँ कमीकमजोरी रहेको भएपनि त्यै जोखिमी मोलेकै कारणले उनलाई बौद्धिक सर्वोच्चताको स्थान पनि दिलाएको थियोे । जे भएपनि मार्क्सको चिसिएको धातुजस्तो अवस्थाको अर्थशास्त्रमा वाष्पिकरणको चरणमा धनले प्राकृतिक तवरले तापक्रम हासिल गरेको थियो । जसले मार्क्सलाई काँध हालेका थिए, वास्तवमा तिनीहरूले विचारलाई होइन, जोशिला शब्दलाई बढी अँगालेका थिए । जसको कारण उपभोग र बिसर्जनका अशुभ लक्षण र रक्तपात झिल्काहरू देखापरेका थिए ।
लेडी ओर्क्नीप्रतिका भल्गर टिप्पणी र द्वेषपूर्ण बक्रोक्ति मार्क्सका विरोधिहरूका लागि बिष र समर्थकका हकमा स्तनपान सरह भएको थियो । यसमानेमा यस्तो प्रवृत्तिभित्र नै समर्थन र विरोध दुवैका लागि आवश्यक खुराक रहेको थियो । मार्क्सका अनुयायीहरूले उनको विचारभन्दा पनि उहाँले यसो भन्नुभएको थियोे,उसो गर्नुभएको थियोे, यस्तो खानुभएको थियो, यसरी सुत्नुहुन्थ्यो, यसरी बोल्नुहुन्थ्यो आदिजस्ता उनीसँग सम्बन्धित सदृश्य कथनहरूको बढी वकालत गर्ने गर्दछन् । तर यसले विश्लेषणलाई सकारात्मक प्रभाव पार्न सक्तैन ।
मार्क्स रिकार्डोका शिष्य थिए । उनी केवल उनका विद्यार्थी मात्रै होइनन् कि, उनले आफ्नो तर्कलाई प्रमाणिक तवरले रिकार्डोकै कथन वा विचारवाक्यलाई अघि सारेका थिए । तर रिकार्डोबाट सिकेका ज्ञानमा आफ्नो अनुभव र विवेक प्रयोग गरेर रिकार्डोका विचारधारालाई अझ सशक्त बनाए । जसलाई उनले आफ्नो बनाउने कोसिस गरे । रिकार्डोका विचारको प्रयोगका लागि आफैँ संलग्न भएर उनका कमजोरीद्वारा पाठ सिकेर त्यसलाई सिर्जनात्मक तवरले उपयोग गरी उनी रिकार्डोका प्रोफेसर सरहको हैसियतमा पुगेका थिए । मार्क्सको धेरैजसो भाषणहरूमा उनको एउटा चर्चित भनाइ समावेश भएको पाइन्छ । उनका भनाइअनुसार, जनसङ्ख्याको प्रचुरता त्यसको अतिरिक्त जनसङ्ख्या हो । फेरि त्यसले यान्त्रिक अतिरिक्त जनसङ्ख्या उत्पादन गर्दछ । त्यसपछि एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो नियन्त्रणभन्दा बाहिर जाने कोसिस गर्छ ।
अब यहाँ उनले “अतिरिक्त वाअनावश्यक जनसङ्ख्या” भनेर वर्ग वा कुन समूहलाई इंगित गर्न खोजेका हुन् त? मलाई यो प्रश्नको चित्तबुझ्दो जवाफ पाउन सकिन्छ जस्तो लाग्दैन । किनभने; यो पृथ्वी सबै प्राणीहरूको लागि बराबर हो । तीमध्येका पनि हामी मानवजाति सर्वश्रेष्ठ प्राणी हौँ भनेर दाबी गर्छौं । त्यसैले कुनैपनि मानिसको समूहलाई अत्यावश्यक र अनावश्यक भन्ने अधिकार कसैलाई छैन । यद्यपि मार्क्सका “Das Kapital” को धुमिल घेरा अहिलेसम्म बाध्यताबस क्षितिजमा रहिरहेको अवस्था छ । कुनै विशेष चरणमा यसले नियन्त्रण र सन्तुलनको भूमिका खेल्नसक्ने सम्भावना पनि पूर्णरूपमा लोप भइसकेको चाहिँ छैन भन्ने मलाई लाग्दछ । तर सत्य कुरा के हो भने आजको युगमा एक्लै काम गर्नसक्ने व्यावहारिक नग्न ज्यामितीय सिद्धान्त भने एउटा पनि छैन ।
खासमा मार्क्सले कुनै राजनीतिक दल र कमिटी प्रणालीको बारेमा केही परिकल्पना गरेका थिएनन् । तर लेनिनले आफ्नो नेतृत्वमा रसियामा भ्यानगार्ड पार्टी अथवा बोल्सेभिक समूह गठन गरी त्यसका नेता र कमिटी प्रणाली लागू गरेका थिए । पछिबाट तिनैलाई राज्यसत्ता सञ्चालनको जिम्मेवारी पनि सुम्पिएको थियो । कालान्तरमा त्यसले पुनः एउटा वर्ग जन्माएको थियोे ।
समयक्रमसँगै आधुनिक संशोधनवादका जन्मदाता भनेर चिनिने ख्रुस्चेभले सन् १९५६ फेब्रुअरी २४ र २५ को मध्यरातमा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षको बलमा शान्तिपूर्ण समाजवादको विचार अघि सारेका थिए । यसका कारण विश्वका कम्युनिस्टहरू दुई धारमा विभाजित हुन पुगे । नेपालकै हकमा पनि मदनकुमार भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र अन्तिममा तत्कालीन सशस्त्र विद्रोही माओवादीहरूले अवलम्बन गरेको शान्ति र संबिधान पनि यहीँ ख्रुस्चेभकै अनुसरण थियोे भन्ने मेरो बुझाई रहेको छ । किनभने; जनवादले राजनीतिक अधिकार र परिवर्तनको मात्र सुनिश्चित गर्दछ । समाजवादले मात्रै सामाजिक न्याय र अग्राधिकार, लोककल्याणकारी राज्यव्यवस्था, विधिको शासन, सुशासन र जनजीविकाको सुनिश्चितता प्रदान गर्नसक्छ । तर मदन भण्डारीले समाजवादको दिशोन्मुख कुनै स्पष्ट विचार र दृष्टिकोण दिन सकेनन् । यसमानेमा विश्व कम्युनिस्ट आन्दोलन नवसंशोधन वा आधुनिक संशोधनवाद, उग्रवामपन्थी विचारधारा, घोर दक्षिणपन्थी अवसरवाद, चरम वैचारिक स्खलन र सैद्धान्तिक विचलन, विभाजन, गुटबन्दी आदिका कारण नै आज विश्वबाट पलायनको सङ्घारमा पुगिसकेका छन् ।
अन्त्यमा छोटो मेरो धारणा समावेश गर्न चाहेँ । पेरिस कम्युनले लुइस सोह्रौँको सेनालाई परास्त गरेर सत्ता कब्जा गरेको ७२ दिनमै ढल्यो । त्यसपछि कहिल्यै उठ्न सकेन । रसियामा लेलिनले सन् १९१७ पछि सम्पूर्ण निजी स्वामित्वका सम्पत्ति, भूमि, श्रम, उत्पादन, उद्योग–धन्दा, बजार र पुँजीलाई राष्ट्रियकरण गरेपछि मानिसहरू मेहनत गर्नै छाडे । यसले उत्पादन क्षेत्रमा व्यापकरुपमा ह्रास आयो । सत्ता स्टालिनको हातमा परेपछि उदारीकरणको नरम नीति अपनाएर पुँजीवादको चरणमा घोत्लिए । ख्रुस्चेबको कार्यकालमा समाजवाद र गोर्बाचेभमा हस्तान्तरण हुँदा त सोभियत सङ्घ नै विघटन भयो । विघटन मात्रै होइन पतन नै भयो भन्नु शाब्दिक रुपमा उचित हुन्छ ।
चीन पनि समाजवादी मुलुकको रुपमा रहिरहन सकेन । सन् १९९० देखि नवउदारवादी अर्थव्यवस्थामा हाम्फालिसकेको छ । अन्तर्राष्ट्रिय ऋण लिन र दिनमा दिनानुदिन उसको चरम आकर्षण बढिरहेको छ ।
पोल पोटले कम्बोडियामा सहरका ठूलाठूला व्यापारी, उद्योगपति, डाक्टर, इन्जिनियर, प्रोफेसर आदिलाई गाउँमा ल्याएर हलो जोताए, भारी बोकाए । तर ३ वर्ष नपुग्दै आफैँ जङ्गलतिर लखेटिएका थिए ।
नेपालको हकमा पनि कथित कम्युनिस्टहरूले के–के गरे ? र उनीहरूको हालत के हुँदैछ ? भन्ने सबैलाई अवगत नै छ, भइरहेको छ । त्यसकारण, पैसा र बहुमूल्य धातुहरूको प्रचलन रहेसम्म कम्युनिस्ट विचारधारा अब कहिल्यै जाग्न सक्तैन ।