April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

खाद्य संकटको जिम्मेवार रसियाः युरोपेली युनियन

2.5K

युरोपेली काउन्सिलले “युक्रेनमा रुसको आक्रमणले विश्वव्यापी खाद्य संकट निम्त्याएको” आरोप लगाएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट रुसका राजदूत बाहिरिएका छन् ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले “रसियाले विकासोन्मुख विश्वको बिरूद्ध ‘स्टिल्थ मिसाइल’ को रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेकोले मानिसहरूलाई गरिबीमा पार्न बाध्य पारेको” भनेपछि रुसी राजदूत भासिली नेबेन्जियाले “रसियामाथि झूट आरोप लगाएको” भन्दै बैठक छोडेर निस्किए।

हाल रसिया–युक्रेन युद्धले युक्रेनी बन्दरगाहहरूमा खाद्यान्न अड्किएको अवस्था छ।

Advertisement

युक्रेन खाना पकाउने तेलका साथै मकै र गहुँ जस्ता अनाजको ठूलो निर्यातकर्ता हो र त्यसका लागि रूसले ठूलो मात्रामा अन्न र मल पनि निर्यात गर्दछ। तर यी निर्यातको अभावले विकल्पको मूल्य बढेको छ।

“रुसी संघका राजदूत श्रीमान, इमानदार हुनुहोस्, क्रेमलिनले विकासोन्मुख देशहरू विरुद्ध स्टेल्थ मिसाइलको रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेको छ,” मिशेलले न्यूयोर्कमा सुरक्षा परिषद्को बैठकमा भने।

युक्रेन-रसिया युद्धको नाटकीय नतिजाहरू विश्वभर फैलिरहेको छ, र यसले खाद्यान्न मूल्यहरू बढाउँदैछ, मानिसहरूलाई गरिबीमा धकेल्दै छ, र सम्पूर्ण क्षेत्रहरूलाई अस्थिर बनाउँदै लगेको छ। र यस खाद्य संकटको लागि रूस मात्र जिम्मेवार भएको युरोपेली युनियनको भनाइ हो ।

अध्यक्ष मिशेलले रुसले लगाएको नौसैनिक नाकाबन्दीका कारण युक्रेनी बन्दरगाह ओडेसामा फसेको लाखौं टन अन्न आफूले देखेको बताए ।