November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेतृत्वलाई उल्टो बाटो नहिँड्न भिम रावलको सुझाव

1.9K

काठमाडौं । नेकपा (एमाले) का सांसद भीम रावलले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् । रावलले उनी पक्षका नेता घनश्याम भुसाललाई कारबाहीका लागि एमाले अनुशासन आयोगले सिफारिस गरेको अवस्थामा नेतृत्वलाई उल्टो बाटो नहिँड्न पनि सुझाव दिएका हुन्। 

सोमबार सामाजिक सञ्जालमार्फत रावलले पार्टी नेतृत्वलाई मुलुकलाई सही दिशा दिनका लागि पार्टीको एकता आवश्यक रहेको र पार्टीमा भएका कमिकमजोरिको संस्थागत रूपमा गम्भीर समीक्षा गर्न पनि सुझाव दिएका छन् ।

‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नुपर्छ  कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ ।’, रावलले भनेका छन् ।

Advertisement

चितवनको सौराहामा भएको एमालेको महाधिवेशनमा रावल अध्यक्षका उम्मेदवार थिए । केपी ओलीविरुद्ध उनले उम्मेदवारी दिएका थिए । घनश्याम भुसाल भने उपाध्यक्षमा प्रतिस्पर्धी थिए । महाधिवेशनमा ओली पक्षले रावल, भुसाललगायतलाई भोट नदिनु भनेर पर्चा वितरण गरेको थियो । उक्त घटनाको पनि भुसालले पछिल्लो समय आलोचनाको विषय बनाएका छन् ।