काठमाडौं- युइएफए च्याम्पियन्स लिग २०२०-२१ को सिजनमा समूह चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ। जसमा पहिलो दिन आठ खेल हुँदै छन्।
सेन्ट पिटर्सबर्ग र क्लब बर्ग साथै डायनामो किभ र युभेन्टसबीचको खेल राति १०ः४० मा हुनेछ। अरु छ खेल राति पौने १ बजे छन्। जसमा लाइपजिग र इस्तानबुल बासाकेसिर, रेनेस र क्रास्नोडर, लाजियो र डोर्टमुन्ड, चेल्सी र सेभिया, पिएसजी र म्यानचेस्टर युनाइटेड साथै बार्सिलोना र फेरेन्सबारोसी खेल्दैछन्।
युभेन्टसमा अहिले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो हुने छैनन्। कोरोना संक्रमणका कारण उनी आइसोलेसनमा छन्। युभेन्टसमा प्रशिक्षकका रुपमा एन्डे« पिर्लोको डेब्यू हुँदैछ। १९९५ मा प्रशिक्षक मिरेका लुसेस्कुले मिडफिल्डर पिर्लोलाई सिरि ए मा डेब्यू गराएका थिए। २५ वर्षपछि अहिले प्रशिक्षकका रुपमा पिर्लो उनै लुसेस्कुको टिमविरुद्ध उत्रिँदै छन्।
पिर्लो जस्तै मंगलबार विशेष नजरमा हुनेछन् रेनेसका मिडफिल्डर एडवार्डो कामाभिन्गा। गएको सेप्टेम्बरमा नेसन्स लिगमा फ्रान्सका लागि डेब्यू गरेका उनी १९१४ पछि फान्सका लागि सबैभन्दा कान्छा खेलाडी बनेका थिए। च्याम्पियन्स लिगमा क्रास्नोडरसँग उनको खेल विशेष प्रतिक्षामा छ। रेनेस युथ टिम प्रशिक्षक ल्यान्ड्रि चोभिनले भनेजस्तो एडवार्डो यति सरल खेल्छन् कि उनको खुट्टामा हुँदा बलले जीवन पाएजस्तो लाग्छ।
सधैँ जस्तै बार्सिलोना कप्तान लियोनल मेस्सीमाथि पनि विशेष ध्यान हुने नै छ। गएको सिजन सकिने वित्तिकै बार्सिलोना छाड्ने असफल प्रयास गरेका मेस्सी यो सिजन सोचेजस्तो गोलमा बढ्न सकिरहेका छैनन्। क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टससँग एउटै समूहमा रहेकाले पनि यो सिजन च्याम्पियन्स लिगको समूह चरण विशेष बनेको छ। हंगेरीको लिग विजेता फेनेन्सबारोसी सहज टिम होइन।
डोर्टमुन्ड र लाजियोको खेलमा लाजियोका चिरो इमोबिलको खेल कस्तो हुनेछ भन्ने प्रतिक्षा देखिन्छ। गएको सिजन इएसएम गोल्डेन बुट विजेता इमोबिलले समग्रमा ३६ गोल गरेका थिए। २०१४ मा एक सिजन बोरुसिया डोर्टमुन्डमा नै रहेका उनी २०१५ मा एक सिजन लोनमा र अर्को सिजन स्थायी रुपमा सेभिया गएका थिए। जहाँबाट २०१६ मा नै लाजियो गएका उनी अहिले राम्रो लयमा देखिन्छन्।
पहिलो दिन हुने राम्रा खेलहरुमध्ये पिएसजी र म्यानचेस्टर युनाइटेबीचको खेल पनि हो। २०१८-१९ को च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा पहिलो लेगमा म्यानचेस्टर युनाइटेडलाई पिएसजीले २-० ले हराएको थियो। दोस्रो लेगमा ३-१ को जित निकाल्दै अवे गोलका आधारमा युनाइटेड अघि बढेको थियो। गएको सिजन फाइनलमा पुगेर पराजित फ्रेन्च लिग विजेताका लागि यो सिजन अझ विशेष हुनेछ।
कुन समूहमा कुन टिम?
समूह ए – बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को
समूह बी – रियल मड्रिड, शख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेग्लादबाख
समूह सी – पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेली
समूह डी – लिभरपुल, आयाक्स, एटलान्टा, मिड्जेल्याण्डnepallive