लण्डन । बेलायतको मिडल्याण्डमा ‘एनआरएनए युके गोल्डन एभरेष्ट क्रिकेट लिग’ सुरु भएको छ । बेलायतमा हुर्कदै गरेका नेपाली युवा पुस्ताहरुलाई क्रिकेट खेलमा सहभागी गराउने उद्देश्यसहितको यस खेल तीन महिनासम्म चल्ने जनाइएको छ ।
पहिले मिड्ल्याण्डका नेपाली युवाहरुलाई वलिङ्ग र ब्याटिङ्गका लागि आव्हान गर्दै मिडल्याण्डमा २०१९ देखि गोल्डन एभरेष्ट क्रिकेट लिगको रुपमा सुरु भएको यो प्रतियोगिता अहिले भने बेलायत भरका नेपालीहरुलाई सहभागी गराउने उदेश्यले एनआरएनए युके गोल्डन एभरेष्ट क्रीकेट लीगको रुपमा विस्तार गरिएको छ । खेल गैर-आवासीय नेपाली संघ युकेको तत्वावधानमा सुरु भएको यो लिगलाई गोल्डन एभरेष्ट समुहले स्पोन्सर गरेको छ । लिगको संयोजन गैर–आवासीय नेपाली संघ युकेका कार्यसमिति सदस्य तथा खेलकुद विभाग अन्तर्गत क्रिकेट संयोजक दिपक सापकोटाले गरेका छन् । उनै सापकोटाको पहलमा २०१९ मा यो प्रतियोगिताको सुरु भएको हो ।
विगतमा मिडल्याण्डवासीमा मात्र सिमित रहेको यो लिग अहिले सम्पूर्ण बेलायतवासी नेपालीहरूका लागि आकर्षण बनेको छ । प्रतियोगितामा भाग लिन चाहाने नेपालीहरुले छिटो भन्दा छिटो टिम दर्ता गराउन आह्वान गर्दै यस खेलका संयोजक सापकोटाले लीगको सुरु भैसकेको भए पनि टिम दर्ता गर्न सकिने बताएका छन् ।
संयोजक सापकोटाका अनुसार अहिले लिगमा नोटीइघम समाजबाट २ टीम, बर्मिङ्हम, लेस्टर, ग्रान्थाम र पीटरब्रो लगायतबाट गरी ६ ओटा क्रिकेट टिम दर्ता भैसकेका छन् ।
तीन महिनासम्म चल्ने यो लिगमा थप टिमहरु समेत दर्ता हुने अपेक्षा गरिएको छ । लिगमा कम्तिमा २६ खेल खेलिने छ ।
लिगको अन्तमा एक भव्य समारोह गरी खेलाडी र टिमलाई र खेलाडीलाई प्रोत्साहन गरिने कुरा नोटीइघँम टिमका पूर्व कप्तान तथा नोटीइघँम समाजका निवर्तमान अध्यक्ष तथा गैर–आवासीय नेपाली संघ युकेका सदस्य दीपक सापकोटाले बताए ।
यसपटक यो खेलको मुकाम मिड्ल्याण्ड भए पनि आउदा दिनमा थप परिष्कृत गरि लण्डनका विभिन्न स्थानमा पनि खेलाइने जनाइएको छ ।
एनआरएनए गोल्डन एभरेष्ट क्रीकेट लिगका तस्विरहरु: