April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोर्खा कपको बिसौं बार्षिकोत्सवमा १२ हजार मानिसहरु आउने प्रक्षेपण [भिडियो सहित]

3.7K

लन्डन। तमु धीं युकेले यस वर्षको गोर्खा कपमा १२ हजार दर्शक उतार्ने लक्ष्य राखेको छ । सहभागीताको हिसावले बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तम धीं यूके गोर्खा कप फुटबल प्रतियोगिताको २० औं वार्षिकोत्सव यस बर्ष मनाउँदैछ । प्रतियोगिता जुन ४ मा एल्डरशटको क्वीन्स एभिन्यू खेल मैदानमा हुँदैछ ।

तमू धीं यूकेले गत मे २९ आइतबार सरेको मिचेटस्थित तमु धी हलमा विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै बिसौं गोर्खा कपको तयारीबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तमु धी युकेका खेलकुद सचिव क्याप्टेन देव घलेले यस वर्ष प्रतियोगितामा १६ देखि ३९ वर्ष उमेर समूहका कूल ३२ टोलीले प्रतिस्पर्धा गर्ने बताए ।

त्यस्तैगरी, गोर्खा कपमा यस बर्ष पहिलो पटक महिला टोलीहरूले छुट्टै ट्रफीको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । इङ्गल्याण्डका पेशेवर सेलिब्रेटी महिला फुटबल खेलाडी मिस सुस्मिता आले पनि प्रतियोगिताको एक आकर्षण हुने आयोजकले बताए ।

Advertisement

गोर्खा कपमा यस पटक लन्डन, क्याट्रिक, कोलचेस्टर, अक्सफोर्ड, वेल्स र योर्क र नेदरल्यान्ड्सबाट आएका टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।

आयोजकका अनुसार १६ देखि ३२ वर्ष उमेर समूहका खेलाडी रहेको ‘मेन टी’ को विजेताले २५०० पाउन्ड भने उपविजेताले १५०० पाउण्ड पाउनेछन् ।
त्यसैगरी ३२ वर्ष वा सोभन्दा माथिको उमेर समूहको ‘भेटेरन टिम विधा’ को विजेताले १५०० पाउण्ड र उपविजेताले ८०० पाउण्ड पाउनेछन् ।

प्रत्येक क्याटेगोरीमा ‘उत्कृष्ट खेलाडी’, ‘उच्च स्कोरर’ र ‘उत्कृष्ट व्यवस्थापक’ लाई पनि ट्रफी प्रदान गरिनेछ।

ट्रफी र नगद पुरस्कार बाहेक सबै विजेता र उपविजेतालाई मेडल र प्रमाणपत्रले सम्मान गरिने छ ।

“प्रत्येक वर्ष गोर्खा कप आयोजना गर्नुको हाम्रो मुख्य उद्देश्य युवाहरूलाई मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउनु र युवाहरूमा लागुऔषध, मदिरा र क्यान्सर सम्बन्धी चेतना जगाउनु हो”, तमु धी युकेका खेलकुद सचिव क्याप्टेन देव घलेले भने।

गोर्खा कप फूटबल प्रतियोगितालाई आयोजक तमु धीं युकेले बेलायतवासी नेपालीहरुलाई मनोरञ्जन गर्ने, एक अर्कासित भेट गर्ने अवसरको रुपमा विकास गर्दैआएको छ ।

फुटबल बाहेक यस बर्षको गोर्खा कप प्रतियोगिताका अन्य आकर्षणहरुमा प्यारासुट डिस्प्ले र सटपुट प्रतियोगिता समेत रहेका छन् । तर, नेपालकी चर्चित गायिका एलिना गुरुङको सांगीतिक प्रस्तुति पनि सबैको रुचीको बिषय भएको छ ।

फुटबल बाहेक यस बर्षको गोर्खा कप प्रतियोगिताका अन्य आकर्षणहरुमा प्यारासुट डिस्प्ले र सटपुट प्रतियोगिता समेत रहेका छन् । तर, नेपालकी चर्चित गायिका एलिना गुरुङको सांगीतिक प्रस्तुति पनि सबैको रुचीको बिषय भएको छ ।

प्याराशूट डिस्प्ले, छेलो प्रतियोगिता, तमु परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल आदि गरी ५२ स्टल, सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरुङको गायन आदि गोर्खा कपका मुख्य आकर्षण रहने आयोजकले बताए ।

गोर्खा कपमा इंग्ल्याण्डकौ एक व्यवसायिक फूटबल क्लबमा आबद्ध युथ फुटबलर सुश्री अस्मिता आले पनि सहभागी हुनेछिन्। गोर्खा कप हेर्न बेलायत र अन्य मुलुकबाट करिब १० देखि १२ हजार दर्शक उत्रिने अपेक्षा गरेको आयोजकले बताए ।

पत्रकार सम्मेलनमा तमू धीं यूके अध्यक्ष हित काजी गुरुङले बेलायतवासी सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भइ मनोरञ्जन लिन आग्रह गरेका छन्। अध्यक्ष गुरुङले मिडियाकर्मीलाई आफनो तर्फबाट सक्दो सहयोग गरिदिन पनि अनुरोध गरे। उनले खेलबाट नाफा खासै नहुने उल्लेख गर्दै उनले संस्थाको मुल उद्देश्य नेपाली युवालाई कुलतमा लाग्नबाट जोगाउने, समुदायमा अन्तरघुलन हुन र नेपाली ब्यवसाय एवं कला संस्कृति संरक्षण गर्न रहेको बताए ।

अध्यक्षले तमू धीं यूकेले गरेका च्यारिटीबारे पनि अवगत गराए । करिब ४० हजार पाउण्ड खर्च लाग्ने बताइएको उक्त इभेन्ट सुरक्षाका लागि पुलिस फोर्ससहित ६० जना सेक्यूरिटी गार्ड मैदानमा तैनाथ हुनेछन्। कार्यक्रमस्थल रक्सीजन्य पेय पदार्थहरु बिक्री–वितरण तथा सेवनमा प्रतिवन्ध लगाइने भएको छ।

पत्रकार सम्मेलनको लाइभ भिडियो माथि प्रस्तुत छः