April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सरकारलाई संसद बैठक बोलाउन बाध्य पारौं: गगन थापा

6.3K

काठमाडौं–नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई संसदको बैठक राख्न बाध्य पार्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

सरकारलाई निर्णय सच्याउन आग्रह गरेरमात्र आफूहरुको कर्तव्य पूरा नहुने उल्लेख गर्दै उनले सदन र सडकबाट सच्चिनैपर्ने बनाउन सकिने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमा  लेखेका छन्, ‘कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन। संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ।’

Advertisement