April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संक्रमण बढेपछि छठसम्म कडिकडाउको तयारी

5.8K

काठमाडौँ- कोरोना भाइरसको महामारी बढ्दै गएपछि गृह मन्त्रालयलये छठसम्म नै कडिकडाउको तयारी गरेको छ ।

चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्न सक्ने भएकाले सचेत रहन र तद्अनुरूपको कार्य गर्न गराउन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिरहँदा चाडबाडमा हुने गतिविधिले जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो ।

Advertisement

बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्ने र सङ्क्रमण थप बढ्न सक्ने जोखिम देखिएकाले दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न मन्त्रालयले निर्देशन दिएको छ ।

जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव सबै उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

मन्त्रालयको निर्देशनअनुरूप कतिपय जिल्लामा निषेधाज्ञा तथा प्रतिवन्धका विविध व्यवस्था कार्यान्वयनमा आइसकेको पनि उनले बताए ।

अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।