April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै

3.4K

शारदा भुजेल
दोहा। एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली आज कतार आउदै छ । एन्फाका अनुसार नेपाली फुटबल टोली थप अभ्यास तथा बन्द प्रशिक्षणका लागि कतार आउन लागेको हो ।

नेपाली टोलीले यहाँ मैत्रीपूर्ण खेल खेल्ने सम्भावना पनि छ । यसअघि कतारमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भनिए तापनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

यहाँबाट नेपाली टोली जुन ४ मा कुवेत प्रस्थान गर्नेछ । एएफसी एसियन कप छनौटतर्फ समूह ‘ए’ मा परेको नेपालले आयोजक कुवेतसहित जोर्डन र इण्डोनेसियासँग खेल्ने कार्यक्रम छ ।

Advertisement

नेपालले ८ जुनका दिन जोर्डनसँग खेल्नेछ भने ११ जुनका लागि कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्नेछ ।