November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली काँग्रेसका नेता केदार कार्की बेलायतमा

3.3K

लण्डन । नेपाली काँग्रेसका नेता केदार कार्की बेलायत भ्रमणको क्रममा लण्डन आइपुगेका छन् । प्रदेश नं १ का आन्तरिक मामिला मन्त्री केदार कार्की गत मे १९ बिहिबार लण्डन आइपुगेका हुन् ।

नेपाली काँग्रेसको बेलायतस्थित संस्था नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी) यूकेले नेता कार्कीलाई हिथ्रो विमानस्थलको आगमन कक्षमा स्वागत गर्यो ।

मन्त्री कार्कीको स्वागतमा एनपीसीसी यूकेका सभापति युवराज गुरुङ, एनपीसीसी यूकेका नेताहरु महेश कुमार दाहाल, रिचार्ड गुरुङ, सुवास राई, इन्द्रहाङ लिङदेन, भिम राई, एनआरएनए यूकेका पूर्व उपाध्यक्षहरु रोजिना प्रधान, हिराधन राई, वर्तमान कार्यसमिति सदस्य विशाल राई हिथ्रो विमानस्थल पुगेका थिए ।

Advertisement

मन्त्री कार्की आफ्नी श्रीमतीका साथ एक हप्ता जतिको औपचारिक भ्रमणमा बेलायत आएका हुन् । एनपीसीसी यूकेले उनीसित एक अन्तरकृया कार्यक्रम गर्ने महामन्त्री इन्द्रहाङ लिङदेनले बताए । तर कार्यक्रम स्थल, मिति र अन्य विवरणबारे निश्चित हुन बाँकी रहेको पनि उनले बताए ।