कुवेत, केही समय अगाडि मात्र श्रम सहचारी नियुक्त भई कुवेत आएकी श्रम सहचारी विपना ज्ञवालीले रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी छिन् ।
गुल्मी जिल्ला चिदिका घर भएका ज्ञवाली लकडाउनको समयमा भएको प्रतिस्पर्धामा छनोट भएर तत्कालीन श्रम सहचारी ज्ञानेन्द्र शर्मा फर्केको दिन नै कुवेत आईपुगेकी थिइन् ।
२८ वर्षकी अविवाहित रहेकी ज्ञवाली लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी थिइन् ।अघिल्लो बुधबारदेखि रोगले गम्भीर रूप लिन थाले पछि नेपाली दूतावास नजिकै रहेको मुवारक अल काबीर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) परिक्षण गराएकी थिइन् । परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
मुवारक अस्पतालले शेख अल वर्दिस क्यान्सर अस्पतालमा रिफर गरेर आईसियुमा उपाचार गरि रहेकै अवस्थामा निधन भएको हो ।
कुवेतमा दाइ निरञ्जन ज्ञवाली र दिदी सपना ज्ञवालीसहित परिवारका सदस्य भएपनि उनको बसाइ एक्लै थियोे । तीन महिना अघि उनीसंगै कुवेत गएकी उनकी आमा गत शुक्रबार बिहान मात्र नेपाल फर्केकी हुन् । छोरीको आईसीयुमा भर्ना भएपनि उपचारमा अपेक्षित सफलता नभएपछि आमा पनि बस्न नसकेर नेपाल फर्केकी थिइन् ।