November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धरान–४ मा नेकपा एमालेको प्यानल विजयी

2.7K

धरान । धरान–४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेबाट धनबहादुर राईले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्र कुलुङलाई पराजित गर्दै राई विजयी बनेका हुन् ।

राईले ८२६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्र कुलुङले ६१२ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला सदस्यमा मिना तामाङले ८२९, दलित महिला सदस्य लीलादेवी गहतेले ८१३, खुल्ला सदस्यमा गोरसमान आले मगरले ८०३ र राजेन्द्र राई (राजन) ले ७४७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

Advertisement