तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका यादवबहादुर खापुङ विजयी भएका छन् । काँग्रेसका धनकुमार लिम्बूलाई पराजित गर्दै खापुङ विजयी बनेका हुन् ।
खापुङले २०५५ मत प्राप्त गरे भने प्रतिस्पर्धी लिम्बूले २०२१ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा काँग्रेसका गीतादेवी तिम्सिना निर्वाचित भएका छन् । तिम्सिनाले १९८६ मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका प्रेमलत्ता घिमिरेले १९७४ मत ल्याएका छन् ।