हामिले पुरुष र महिला विवाह गरेको त देखेकै छौ । तर के तपाइले एक व्यक्तिले कुनै सर्पसँग विवाह गरेको सुन्नु भएको छ ।
थाइल्याण्डमा एक व्यक्तिले सर्पसँग विवाह गरेका छन् । सुन्दा अचम्म लाग्ला, तर थाइल्याण्डका एक युवकले सर्पसँग विवाह गरेका हुन् । ती युवकले अघिल्लो जन्ममा सर्प आफ्नो प्रेमिका भएको बताउदै विवाह गरेका हुन् ।
उनको प्रेमीकाको ५ वर्ष पहिला निधन भएपछि उनले त्यसो गरेका हुन् । युवकले १० फीट लामो कोब्रा सर्पसँग विवाह गरेका हुन् । विवाहपछि सर्पसँग ती युवक सुत्ने, खेल्ने, टिमी हेर्ने गर्छन् । त्यस्तै युवकले सर्पलाई धेरै नै स्याहार सुसार पनि गर्छन् ।