पोखरा । नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएको छ । पौडेलले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएपछि तरंग फैलिएको छ ।
केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ । अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको बताइएको हो ।
उक्त भिडियो भाइरल भएपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै पुरानो भिडियो अहिले निकालिएको हो ।