काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उप मेयरमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निर्णय गरेको हो ।
प्रदेश सांसद रहेका स्थापित २०५४ मा मेयरमा निर्वाचित भएका थिए । त्यस्तै, डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् ।
सत्तारुढ गठबन्धनले भने काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् । सत्ता गठबन्धनको सहमतिअनुसार काठमाडौंमा उपमेयरमा भने नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारी दिनेछ ।