November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने

2.5K

काठमाडाैं । नेकपा एमालेले ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले घोषणा पत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको हो ।

सो घोषणापत्र ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गरिने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय गरेको उनले बताए । यस्तै बैठकले पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि गरेको छ ।

बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए । 

Advertisement