March 14, 2025, Friday
२०८१ चैत्र १
1:37:26 pm

एनआरएनए महिला फोरम अष्ट्रियाले मनायो ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस

13.5K

एनआरएनए महिला फोरम अष्ट्रियाको आयोजनामा गत शनिवार (५ मार्च, २०२२) राजधानी भियनामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्य रूपमा सम्पन्न भएको छ । नेपाली राजदुतावास भियनाका कार्यवाहक राजदुत डा. ईला मैनाली प्रमुख अतिथि रहेको कार्यक्रम महिला संयोजक प्रतिभा कार्कीको सभापतित्वमा सम्पन्न भएको हो।

नेपाल र अष्ट्रियाको राष्ट्रिय गानको सम्मानमा उपस्थित अतिथि लगायत सबैजना


एनआरएनए अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, आईसीसी सदस्य विकाश कार्की, वरिष्ट उपाध्यक्ष अनिता भुजेल , एनआरएनए महिला फोरमका पूर्व महिला संयोजक नुनिता सोपकोटा, पूर्व महिला उपाध्यक्ष निरा लामिछाने, फोरमका सल्लाहकार सुजता सेन्चुरी, अनुशासन समिती सदस्य मनिराज थेवे, सल्लाहकार डविन गुरूङ, भुपेन्द्र गुरूङ, युवा संयोजक महेन लिम्बु र समाजसेवी निलम सेन्चुरीको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी नेसास अष्ट्रियाका अध्यक्ष मन्जु खड्का, उपाध्यक्ष रूकमिनी पौडेल, नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष श्वेता वज्राचार्य , स्पोर्ट क्लव भियना सगरमाथाका अध्यक्ष मानफ्रेड आनराईतर र इनास अष्ट्रियाका अध्यक्ष सन्तोषी भण्डारी र लक्ष्मी गिरी अतिथिको रूपमा उपस्थित रहेका थिए ।
प्रमुख अतिथि र कार्यक्रम सभापति द्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन साथै नेपाल र अष्ट्रियाको राष्ट्रिय गानबाट कार्यक्रमको शुरुवात गरिएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी डा. मैनालीले महिला र पुरूष बीचको विभेद अन्त्य हुँदै गएको र अझै बाँकी विभेदहरूका लागि सोचमानै सकारात्मक परिवर्तन आउनुपर्ने बताउनुभयो ।

कार्यक्रम संचालिका (एनआरएनए अष्ट्रिया प्रवक्ता शुभद्रा थापा भण्डारी )


त्यसैगरी एनआरएनए अष्ट्रियाका अध्यक्ष भवानी तिवारी, आईसिसि सदस्य विकाश कार्की, समाजसेवी निलम सेन्चुरी, नेसास अष्ट्रियाका अध्यक्ष मन्जु खड्का,नेपाल आदिवासी जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष श्वेता वज्राचार्य, इनास अष्ट्रियाका अध्यक्ष सन्तोसी भण्डारी र स्पोर्ट क्लव भियना सगरमाथाका अध्यक्ष मानफ्रेड आनराईतरले अन्तर्राष्ट्रिय नारी दिवसको महत्व र समाजको उन्नति प्रगतिमा नारीहरुको भूमिका बारे मन्तब्य राख्दै शुभकामना ब्यक्त गरेका थिए ।

Advertisement


एनआरएनए अष्ट्रिया प्रवक्ता शुभद्रा भण्डारी द्वारा मिठो तथा रोचक शैलीमा संचालित कार्यक्रममा अष्ट्रियाका स्थानिय नेपाली कलाकारहरू ग्लोरिया रेनर, नेहारिका खड्का, सुनिता लामिछाने,सोफीया लामिछाने, नविना कँडेल , वेला खड्का, पुनम पौडेल र प्रिया पौडेलको वेजोड नृत्य प्रस्तुति रहेको थियो ।


महिला सह-संयोजक ममता केसी, पुनम पौडेल र प्रिया पौडेलले अतिथिहरूलाई खादा, व्याज लगाएर स्वागत गरेका थिए भने
कार्यक्रमको फोटो तथा भिडियोमा संस्थाका युवा संयोजक महेन्द्र लिम्वु, अन्य व्यवस्थापन सहयोगीहरूमा डविन गुरूङ, अनिता भुजेल, विरेन्द्र वहादुर पुन, भावना प्रसाई लगायत कार्यसमितीका पदाधिकारीहरू साथै ने.सा.स अष्ट्रियाका उपाध्यक्ष नेत्र खड्का लगायतका व्यक्तिहरूको विशेष सहयोग रहेको थियो।
स्वादिष्ट नेपाली खानाका परिकारहरूसंगै कार्यक्रममा रमाउँदै उपस्थितहरू कार्यक्रमको औपचारिक रुपमा समापन पछि समेत लामो समय थप नाच गानको साथ मनोरन्जनमा हर्षित देखिन्थे ।

का.बा. राजदुत डा. ईला मैनाली (दायाँ) , महिला संयोजक प्रतिभा कार्की (बिचमा) र संचालिका शुभद्रा थापा भण्डारी