काबुल । एक सयुक्त राष्ट्रसघीय अधिकारीले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताएका छन् । अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको ती अधिकारीले जनाएका हुन् ।
अल कायदा र तालिबानी सम्बन्धको सयुक्त राष्ट्रसघीय अधिकारी अनुगमन सम्बन्धी निकायका एकजना अधिकारी एडमण्ड फिटन ब्राउनले सो कुराको जानकारी दिएका हुन्। उनले तालिबानीहरु र अल कायदाका बीचमा अहिले पनि राम्रो सम्बन्ध रहेको र आपसमा उनीहरुले काम गरिरहेको जानकारी दिएका हुन्।