November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरु

2.8K

काठमाडौं – सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसका वर्तमान र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ। बैठकमा सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विषयमा छलफल हुने बताइएको छ। 

आजको बैठकले  अध्यादेशबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।  मंगलबार बिहान सभापति देउवा सहभागी भएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक साँझ पाँच बजेलाई तोकेर दिउँसो अध्यादेश ल्याएसँगै कांग्रेस रुष्ट छ।

मंगलबार साँझको बैठकमा भने देउवा सहभागी भएनन्। नेकपाभित्रै पनि उक्त अध्यादेशको विरोध भइरहेको बेला कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।  

Advertisement