April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सबभन्दा बढी प्रभावित चार देशमा कति पुगे संक्रमित ?

2.2K

वासिङ्टन  ।  विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । 

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरी ११ लाख ६ हजार ७०५ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल संक्रमित मध्ये दुई करोड ७१ लाख ४८ हजार ९२७ व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । 

Advertisement