April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ प्रकाशन हुँदै

2.9K

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथा प्रकाशन हुने भएको छ । प्रकाशक बुकहिल पब्लिकेसनले बिहिबार पुस्तकको कभर सार्वजनिक गर्दै पुस्तक यही फागुन महिनामा प्रकाशन हुने जनाएको हो ।

मंगलबारदेखि अस्वस्थ भई अस्पताल भर्ना भएका १०२ वर्षीय जोशीको स्वास्थलाभको कामनासहित पब्लिकेशनले पुस्तकको कभर सार्वजनिक गरेको हो ।

पत्रकार एवम् लेखक गिरीश गिरीद्वारा लिखित आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।

Advertisement

गिरीले करिब एक दशकको सान्निध्य र कुराकानीबाट पुस्तक तयार पारेका हुन् । उनले हिजो अस्पताल पुगेर पुस्तकको ‘प्रकाशन प्रति’ जोशीलाई हस्तान्तरण गरेका थिए । उक्त पुस्तक देखेपछि जोशीले त्यसलाई ढोगेको र करिब आधा घण्टा पढेको गिरीले बताए ।

जीवनभर अविश्राम नेपाली लोकसंस्कृति, साहित्य, पुरातत्त्व र समाज निर्माणमा लागिपरेका जोशी तीन पटक मदन पुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।