November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु

3.5K

ठिमी । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको हो ।

स्रोतका अनुसार बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

Advertisement

एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ ।