November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राज्यमन्त्रीका पिएसओ आफ्नै घरमा मृत अवस्थामा फेला

5.1K

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला छन् । जोशी धनगढी ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका हुन् ।

स्रोतका अनुसार जोशिका परिवारका अन्य सदस्य आफन्तको बिवाहमा गएकोले उनी केही दिनदेखि घरमा एक्लै थिए । परिवारका सदस्यहरू घर फर्कदा उनी कोठामा पल्टिरहेको अवस्थामा भेटिएका थिए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement