काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेको समाचारप्रति चलचित्र ‘काँडेतार’ परिवार र ‘सिमानामा काँडेतार अभियान’ को ध्यानाकृष्ट भएको छ ।
यसैगरी नेपाली भूभागमा भएको हस्तक्षेपका विरुद्ध नेकाका तर्फबाट महासचिवद्वय र एमाले एवं माओवादी केन्द्र दुवै पार्टीका परराष्ट्रमामला विभागका प्रमुखहरुद्वारा विरोध बक्तव्य आएका छन् । यस्ता प्रतिकृया झाडा टार्नका लागिमात्र हुन् र यसले दलको संस्थागत अडान मान्न नसकिने कुरामा हाम्रो अभियान प्रष्ट बुझ्दछ । नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डता माथिको हस्तक्षेप हुँदा व्यक्तिविशेषको नभई संस्थागत अडानको निर्णय र प्रतिकृया आउनु पर्छ । त्यसमाथि सरकारले कुन विधि र कुन माध्यमद्वारा प्रतिकृया दिदैंछ थाहा हुन आएको छैन ।
सदन चालु छ तर सुचारु छैन । प्रतिपक्षको अराजनीतिक हठका कारण ‘सदनलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ बनाउन खोजिदैंछ । दुखको कुरा मुलुकको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डता माथि हस्तक्षेप एवं अतिक्रमण हुँदा सदन चालु गर्न प्रतिपक्ष तयार भएको छैन । सदन चालु नभएका कारण नेपालका जनप्रतिनिधिहरुका आवाज सुन्न सकिएको छैन । तिनीहरुले के कसरी बोल्छन् जनता सुन्न आतुर छन् । विशेषगरी पार्टीको विधिवत बैठक बसी गरेको निर्णय जनता सुन्न चाहन्छन् । जनताहरुले काँग्रेस, एमाले र माओवादीका टिकटके नेताहरुबीच भइरहेका दोहोरी र छेडछाडीलाई मजाकमात्र मानेका छन् र यस मुद्दालाई बराल्न र आफ्नो संगठन तथा नेतृत्वलाई चोखै राख्न गरिएका हरकत हुन् भन्ने प्रष्ट बुझेका छन् । यसर्थ सत्तासिन र सरकार आसिन दलहरु सदन खोल््नुहोस्, पाटीको औपचारिक बैठक गरी निर्णय गर्नुहोस् । सरकार, दलहरु र सदन सबैको प्रतिकृया तुरुन्तै आआस्, ताकी हामीहरुले राष्ट्रवादको सक्कली अनुहार हेर्नु पाऔं ।
नेपाली जनताहरु स्वाभिमानी छन् र यसैले भारतीय पक्षबाट भएको अपमान र हस्तक्षेपलाई स्वीकार गर्न सक्दैनन् । यही मनोविज्ञानका कारण नेपालका केही नेता विशेषमा खास मौसममा राष्ट्रवादको खाडो जाग्ने गर्छ । तर सरकारका आसिन र प्रतिक्षारत पाटीहरुका नेताहरुको राष्ट्रवाद आवश्यक समयमा गायव हुने गर्छ । अहिले यस्तै भएको छ । राष्ट्रवाद चीर निन्द्रामा रहेको प्रतित हुन्छ । तर राष्ट्रवाद दृष्टि हो, यो सधैं जागा रहन्छ, सचेत रहन्छ र अभियानरत हुन्छ । यस्तै बुझ्ने मध्ये सिमानामा काँडेतार अभियान पनि एक हो ।
यस अभियानले सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गरियोस् र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डता माथि हस्तक्षेप एवं अतिक्रमण नहोस् भन्ने गर्दछ । यसै सन्दर्भमा यो अभियानले हाल भारत सरकारबाट लिपुलेक क्षेत्रमा भैरहेको बाटो विस्तारले नेपालको सार्वभौमिकता माथि हस्तक्षेप भएको ठान्दछ र भारतीय कार्यको कडा विरोध गर्दछ । यसैगरी सत्तासिन दलहरु र सरकारमा आसिन तथा प्रतिपक्षमा रहेका सबैदलहरुलाई औपचारिक अडान, निर्णय र सरकारलाई आफुँले गरिरहेका पहल तथा प्रतिकृया सार्वजनिक गर्न आव्हान गर्दछ ।
सिमानामा काँडेतार अभियान किन ?
१, नेपालका सँधियार मुलुकहरुबीच बैज्ञानिक रुपमा सिमाङ्कन गराउन ।
२, जंङ्गे पिलर र रिफ्रेन्स पिलरहरुको सुरक्षार्थ सरकारलाई निरन्तर दवाव दिन ।
३, सीमाको विवाद समाधान गर्न ।
४, आवागमनमा ऐतिहासिकता र परम्परालाई मध्यनजर गर्दै नियमित गर्न ।
५, सीमा अतिक्रमण हुँदा सरकारलाई उपयुक्त प्रतिक्रिया दिनेगरी सजग हुने अवस्थामा राख्न ।
६ । सीमाक्षेत्रका बसोबास गर्ने नेपाली नागरिक माथि हुने जघन्य आक्रमण रोक्न तथा सीमाना वारपार गर्ने नेपाली माथि भइरहने बाधा–ब्यवधानको अन्त्य गर्न ।
७, आतंकवादी गतिविधी, लागु पदार्थ तथा औषध ओसारपसार, चेलीबेटी बेचबिखन, तस्करी लगायतका क्रियाकलापहरु रोक्न ।
८, सिमानामा काँडेतारको औचित्यता तथा महत्वलाई बुझौं ।
९, सिमानामा काँडेतार राख्न गरिएका सबै खालका अभियानमा सरिक होऔं ।
नायक/ निर्माता तथा निर्देशक नवल खड्का
चलचित्र ‘काँडेतार’ तथा सिमानामा काँडेतार अभियानको तर्फबाट ।