April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओझेलमा पर्दै नेपालीको रोजगारी युरोपमा

4.5K

काठमाडौं- काम, कमाइ तथा सुरक्षाका हिसाबले समेत नेपाली श्रमिकहरुका लागि आकर्षक हुन सक्ने युरोप रोजगारी ओझेलमा परेको छ। युरोप रोजगारीबाट हजारौँ संख्यामा नेपाली युवाहरु लाभान्वित हुन सक्ने अवसर भए पनि सरकारले चासो नदेखाउँदा नेपाली श्रमिकहरु अवसरबाट वञ्चित छन्।

खासगरी युरोपमा उच्च पारिश्रमिक तथा आकर्षक सेवासुविधा भएकै कारण बाटो असहज हुँदा पनि युरोप छिर्ने युवाहरुको लर्को लाग्ने गरेको छ। अवैध बाटो तथा प्रकृयामार्फत् युवाहरु ज्यानै माया मारेर युरोप यात्रा तय गरिरहेकै छन्। म्यानपावर तथा दलालहरुलाई चर्को रकम थमाएरसमेत ढुक्कले युरोप पुग्न सक्ने अवस्था छैन। श्रम स्वीकृति लिएर सहज रुपमा युरोप छिर्ने वातावरण नहुँदा चरम आर्थिक शोषणमा परेर उनीहरु भिजिट भिसामार्फत् युरोप छिर्ने गरेका छन्।

पछिल्लो समय युरोपमा नेपाली श्रमिकहरुको माग बढ्दै गएको तर सरकारको बेवास्ताले गर्दा आकर्षक मागहरु समेत ल्याउन नसकिएको म्यानपावर व्यवसायीहरु बताउँछन्। युरोप रोजगारीका मागपत्र प्रमाणीकरणमा सहज नहुँदा नेपाली युवाहरु चर्को रकम गुमाउनुपर्ने तथा शारीरिक तथा मानसिक शोषणमा पर्ने वा ज्यानै माया मार्नुपर्ने अवस्था सिर्जना भएको अधिकांश म्यानपावर व्यवसायीहरु बताउँछन्। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ पनि सरकारले सहजीकरण नगरिदिँदा युरोप रोजगारीका लागि अर्को मूलुकको रुट प्रयोग गरेर जोखिमपूर्ण यात्रा तय गर्न बाध्य भएको बताउँछन्। 

Advertisement

युरोप रोजगारीको मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्नुपर्ने तथा युरोपियन मुलुकका रोजगारीका अवसरमा नेपाली श्रमिकहरुलाई सामेल गराउन कूटनीतिक नियोगहरुको सक्रियता आवश्यकता रहेको उनको भनाइ छ। पोल्याण्ड लगायतका नेपाली श्रमिकहरुका आकर्षक गन्तव्य मुलुकहरुमा कूटनीीतक नियोग नहुँदासमेत त्यहाँको रोजगारीमा नेपालीहरुको पहुँच सहज हुन नसकेको उनको तर्क छ। ‘युवाहरु भिजिट भिसा तथा अन्य अनधिकृत प्रकृयामार्फत् किन रोजगारीमा जान बाध्य छन्? यसको जबाफ सरकारले दिनुपर्छ,’ उनले भने।