April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ गर्न थालेपछि कर्मचारीहरू भूमिगत हुँदै

4.7K

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबामा डेढ सयभन्दा बढी कर्मचारी मात्रै संलग्न रहेको पाइएको छ ।

छानबिन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कर्मचारी मात्र डेढ सयभन्दा बढी संलग्न रहेको पाइएको र पक्राउ गरी मुद्दा चलाउने तयारी भइरहेको समाचार सार्वजनिक भएलगत्तै सीआईबीले पक्राउ गरी मुद्दा चलाउने समाचार सार्वजनिक हुन थालेपछि कर्मचारीहरू भूमिगत हुन थालेका छन् ।

सीआईबीको कार्यादेशमाथि प्रश्न पनि उठ्न थालेको छ । ललितानिवास जग्गा प्रकरणमा संलग्न भएको आरोपमा सीआईबीले कारबाही गर्न पाउने कि नपाउने भन्नेबारेमा प्रश्न उठाएका हुन् ।

Advertisement

एक सरकारी कर्मचारीले दिएका जानकारी अनुसार २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् निर्णयमा सरकारी, सार्वजनिक र गुठी जग्गालाई व्यक्ति विशेषका नाममा दर्ता श्रेस्ता कायम गरी सरकारी सम्पत्ति हानिनोक्सानी पुर्याउने सरकारी कर्मचारीलाई प्रचलित कानुनबमोजिम कारबाहीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने भनिएको छ ।

सो मन्त्रिपरिषद्को निर्णयमा ललिता निवास क्याम्पभित्रको जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरूसमेतको मिलोमतोमा सरकारी सार्वजनिक र गुठी जग्गासमेत व्यक्तिका नाममा दर्ता श्रेस्ता कायम गर्न सहयोग गर्ने विभिन्न व्यक्तिका हकमा छानबिन गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई गृह मन्त्रालयले लेखी पठाउने भन्ने उल्लेख छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका सरकारी कर्मचारीहरू यसैलाई आधार मानेर सीआईबीलाई कारबाही गर्ने कार्यादेश नभएको बताइरहेका छन् ।

पछिल्लो समय ललिता निवास जग्गा प्रकरणबारे सीआईबीको अनुसन्धान रिपोर्टहरू सञ्चारमाध्यममा आउन थालेसँगै गृहमन्त्रीलाई प्रक्रिया रोक्न दबाब बढ्न थालेको छ । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।