November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

शशांकले भने-कोइराला परिवारबाट सभापतिमा एकमात्रै उम्मेदवार

2.6K

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एकजना मात्र उम्मेदवार हुने बताएका छन्।

सरकारविरुद्धको विरोध प्रदर्शनका लागि विराटनगर पुगेका शशांकले कोइराला परिवारबाट तीनमध्ये एक जनामा सहमति हुने बताए। कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै उनले एक जनाभन्दा बढी कोइराला परिवारमा उम्मेदवार नहुने बताए।

भारतको विहारमा कोरोना संकटकै बेला निर्वाचन भएकाले कांग्रेसको महाधिवेशन रोक्न नहुने उनले बताए। फागुनमा महाधिवेशन सम्भव नरहेको उनकाे भनाइ छ। पत्रकारसँगको संक्षिप्त भेटघाटमा उनले कांग्रेसको महाधिवेशन धेरै पर सार्न नहुने बताए। 

Advertisement

विराटनगरको मौसम धेरै चिसो भएकाले सरकारविरुद्धको प्रदर्शन केही ढिलो हुन सक्ने बताइएको छ।