काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । राप्रपामा लामो राजनीतिक अनुभव बटुलेका थापा पराजित भएपछि उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको दाबी गरेका छन् ।
उनले समाजिक सञ्जाल ट्विटरमा लेख्दै निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै त्यसको भसर्ना समेत गरेका छन् ।
थापाले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना । प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु । सिङ्गो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’
देशमा जनजातिहरुमा हिन्दु धर्मप्रति विकर्षण बढेको विषय उठिरहँदा जनजाति नै हिन्दु धर्मको मुद्दा बोकेको दलको अध्यक्ष बन्नुलाई नेपालको राजनीतिमा ठूलो अर्थ राख्छ ।
अब नेपालमा हिन्दुराष्ट्रको मुद्दा उठाउनेको नेता पनि जनजाति नै भएका छन् । यसले राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिएको छ ।