काठमाण्डाै – नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान सकिएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान केहीबेर अघि सकिएको हो । चुनावमा दुई हजार ७९ मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
केहीबेर पछि मत गणना गर्ने तयारी भएको छ । विद्युतीय भोटिङ मेसिनको प्रयोग भएकाले मत परिणाम छिट्टै आउने अपेक्षा गरिएको छ ।