April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली काँग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन

7.1K

रुपन्देही । नेपाली काँग्रेस रूपन्देहीको सभापतिमा रामकृष्ण खाण सर्वसम्मत रूपमा चयन भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृह मन्त्री बालकृष्ण खाणका सहोदर भाइ समेत रहेका उनी सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका हुन् । खाण यसअघि नेपाली काँग्रेसको रूपन्देही सचिव थिए ।

शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा खाणसँगै सबै पदाधिकारी तथा सदस्यहरू समेत सर्वसम्मत् रूपमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ । जसअनुसार उपसभापति अनिता शाह र थानेश्वर घिमिरे निर्वाचित भएका छन् ।

शाह नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहकी श्रीमती हुन् ।

Advertisement

अन्य पदाधिकारीहरूमा सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस रूपन्देहीले जनाएको छ ।