November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एक मत आए पनि चुनाव लड्छु: भीम रावल

2.7K

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता डा.भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदै छ ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दै छ ।

Advertisement

तर, रावलले भने आफू उम्मेदवारीवाट पछि हटिनसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् ।