पोखरा । नेपाली काँग्रेस कास्की सभापतिमा पाँचै उम्मेदवारको बहुमत नपुगेपछि फेरी मतदान हुने भएको छ । सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्रो पटक मतदान हुने भएको हो ।
स्रोतका अनुसार सभापतिमा सबैभन्दा बढी मत किशोरदत्त बरालले ६४४ र दोस्रोमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्रोमा आईबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाएका थिए भने ४७ मत बदर भएको थियो ।
विधानअनुसार पहिलो चरणमा कसैले ५० प्रतिशत भन्दा बढी मत नपाए पहिलो र दोस्रो हुने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन्छ ।