प्युठान । नेपाली काँग्रेस प्युठान जिल्ला कार्यसमितिको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् । गौमुखी गाउँपालिकाका प्रमुख समेत रहेका गिरी प्रतिस्पर्धी शिवराज रिजाललाई पछि पार्दै विजयी बनेका हुन् ।
गिरीले पाँच सय ६६ मत ल्याएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी रिजालले चार सय ९४ मत मात्रै ल्याएका थिए ।