धनगढी । डडेल्धुरामा कांग्रेसको सातौँ जिल्ला अधिवेशन सकिएको छ । सोमबार सम्पन्न जिल्ला अधिबेशनबाट भीमबहादुर साउँद विजयी भएका छन् । प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकट साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । पर्शुराम नगरपालिकाका मेयर पनि हुन् ।
यस्तै उपसभापतिमस लक्ष्मीप्रसाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् भने सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन् ।
सभापति कर्ण मल्ल समूह जिल्लामा पुनः अधिवेशन गर्नुपर्ने मागसहित कांग्रेस केन्द्रीय कार्यालयमा अनशन बसिरेहेका बेला यता नयाँ जिल्ला कार्यसमिति चयन भएको हो ।