भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नं. ३ को प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप भएको छ । झडपमा पाँच घाइते भएका छन् ।
शुक्रबार राति प्रदेश नम्बर ३ (क) को मतगणनास्थलमा कांग्रेस कार्यकर्ताबीच एक आपसमा आक्रमण भएको स्रोतले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका भैरहवामा देउवा र पौडेल पक्षले प्यानल बनाएरै भएको निर्वाचनछि मतगणनास्थलमा आक्रमण भएको थियो ।
मतपरिणामको क्रममा पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि मुखमा मास्क लगाएर गएका युवाको समूहले अचानक आक्रमण गरेको स्रोतले जनाएको छ । आक्रमणबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाईते भएका छन् । नाकमा गम्भीर चोट लागेका पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।
आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ ।
श्रेष्ठले हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकले आक्रमण गरेको आरोप लगाए