April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना कान्छा भाइलाई लगाइदिइन् भाइटीका

२०७८ कार्तिक २०

6.7K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना कान्छा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् । शुक्रबार बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा भाइलाई सप्टरङ्गी टीका लगाइदिएर भाइटिका मनाएकी हुन् ।

राष्ट्रपति भण्डारीले शितलनिवासमा आफ्ना भाइलाई दुबो र मखमलीको माला लगाइदिई कटुस, ओखर र मिठाइ खुवाएकी थिइन् । उनले नेपाली ढाकाटोपी भाइलाई उपहार दिइन् ।

त्यस्तै, राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिएकी थिइन् ।

Advertisement