November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा पाँच लाख मानिस सहभागी गराउने

२०७८ कार्तिक २०

2.4K

काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनमा ५ लाख मानिस सहभागी गराउने गरी तयारी सुरु भइसकेको दाबी गरेको छ । मंसिर १० गते नारायणी किनारामा हुने उद्घाटन कार्यक्रममा वाग्मती र त्यस आसपासका प्रदेशबाट मानिस जुटाउने गरी तयारी सुरु गरेको जनाएको हो ।

एमालेको मुल व्यवस्थापन कमिटीका सह संयोजक सुरेन्द्र पाण्डेका अनुसार वाग्मती प्रदेशबाट साढे २ लाख मानिस सहभागी गराउने गरी तयारी भएको छ ।

प्रदेश २ कमिटीले १ लाख, लुम्बिनीले ७५ हजार, गण्डकी प्रदेशले ५० हजार र प्रदेश १ बाट २५ हजार सहभागी गराउने निर्णय गरेको पाण्डेले बताए । एमालेले उद्घाटनको दिन अहिलेसम्मकै सबैभन्दा ठूलो आमसभामा गर्ने बताउँदै आएको छ ।

Advertisement

प्रत्येक प्रदेशले बैठकहरु गरेर निश्चित संख्यामा उद्घाटन कार्यक्रममा सहभागी गराउने संख्या निर्धारण गरेको पनि पाण्डेले बताए । ं

महाधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।